Logo
७ बैशाख २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवद्वारा ‘टुरिजम विजनेश डाइरेक्टरी’ को विमोचन, भने-‘नेपालमा पर्यटनको भविष्य छ’

काठमाडौं : उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा पर्यटनको भविष्य व्यापक रहेको भन्दै सो ठाउँहरुको अनुगमन गरी अघि बढ्नुपर्ने बताएका छन् । आज राजधानीमा गन्तव्य नेपाल गुप्रद्धारा प्रकाशित टुरिजम विजनेश डाइरेक्टरी २०१८-१९ को विमोचन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । उनले टुरिजम विजनेश डाइरेक्टरी प्रकाशन गरेर गन्तव्य नेपालले अत्यन्तै सह्रानिय भूमिका निभाएको बताउँदै यो पर्यटन क्षेत्रको लागि उपयोगी किताब रहेको बताए ।

कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पर्यटनको विकासमा गन्तव्य नेपालको अनवरत लगाभ प्रशंसनीय रहेको बताउँदै पर्यटन विकास र विस्तारमा आफू र आफ्नो पार्टी जहिल्यै पनि तयार रहने बताएका छन् ।

नेपाल पर्यटन र्बोडका सञ्चालक समितिका सदस्य दिपक महतले पर्यटन बोर्डप्रति पर्यटन मन्त्रालयले गरेको हैकमवादी प्रवृद्धिको कटाक्ष गर्दै पर्यटन बोर्डले निजी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् । उनले मन्त्रालयले आफूहरुप्रति गरेको वाएसलाई गम्भीर रुपमा लिएको बताएका छन् । त्यसैगरी नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले डाइरेक्टरी प्रकाशन अत्यन्तै सकारात्मक रहेको बताउँदै पर्यटन विकास प्रवद्र्धनको लागि सबैको हातेमालोले मात्र सम्भव रहेको बताए ।

गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारी (अविरल) ले गुप्रको पर्यटन प्रवद्र्धनार्थ टुरिजम विजनेश डाइरेक्टरी प्रकाशनमा ल्याएको बताएको छ । उनले गन्तव्य नेपालको पर्यटन विकासको लागि अविछिन्न यात्रा जारी रहने बताउँदै सबैमा सहयोगको लागि आग्रहसमेत गरे । यो डाइरेक्टरी पर्यटन व्यवसायी र त्यससँग सरोकार राख्ने व्यवसायीहरुको व्यवसायलाई सहजीकरण गर्न निकालिएको बताए ।

कार्यक्रममा टुरिजम लाइफटाईम एचिपमेन्ट अर्वाड २०१८ बाट सामाजिक अभियन्ता तथा युवा पर्यटन व्यवासीका राजन थापालाई प्रदान गरिएको थियो । त्यस्तै टुरिष्ट भेहिकल एक्सिलेन्ट अवार्ड २०१८ बाट महालक्ष्मी भेहिकल सर्भिस प्रालिका प्रबन्ध निर्देशक रामहरी शर्मालाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा ज्वोलरी प्रमोशन अवार्ड २०१८ बाट साना जेम्स दरबार मार्गका सञ्चालक बर्कत उल्लाह, गन्तव्य नेपाल ब्राण्ड एम्बास्डरबाट युवा व्यवसायी माधवप्रकाश सुवेदी, समाजिक अभियन्ता सम्मानबाट समाजसेवाीद्धय सरु ढुंगाना र सोमबहादुर तामाङलाई प्रदान गरिएको थियो ।

पत्रकार सम्मानित

त्यसैगरी कार्यक्रममा उत्कृष्ट पर्यटक पत्रकारिता अवार्ड–२०१८ बाट रातोपाटीकर्मी सुजन पन्तसहित १० जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका निर्देशक राजु सिल्वाल, गोरखापत्र राष्ट्रिय दैनिकका सह–सम्पादक शरदराज सुवेदी, राष्ट्रिय समाचार समितिका विकास लोहनी, राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे रहेका छन् ।

त्यस्तै नागरिक राष्ट्रिय दैनिक वरिष्ठ समाचारदाता नवराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका समाचारदाता सुरज कुंवर, इमेज टेलिभिजनका वरिष्ठ समाचारदाता शंकर खनाल, मेघा टेलिभिजन समाचारदाता कल्पना मर्हजन, सगरमाथा टेलिभिजनका समाचारदाता श्रीकृष्ण सुवेदी समेत रहेका छन् । कार्यक्रममा वल्र्ड वाइड प्रोडक्सन प्रालिका कुमार चौलागाई र प्रेस तथा छापाखाना विधाअन्तर्गत शारदा प्रिन्ट्रिङ प्रेसका भीमप्रसाद सापकोटालाई अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्