Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेटको ‘पोर्न साइट’ माथि प्रतिबन्ध लाग्दै, कुनैपनि अश्लिल सामग्री ब्लक गरिने

काठमाडौं : सरकारले इन्टरनेटको पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौननजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ ।दूरसञ्चार प्राधिकरण नियामक निकाय हो ।

यसबारे जानकारी दिदै प्रकाशित विज्ञप्तिमा इन्टरनेतमार्फत यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र समाजिक सद्भावमा खलल पुगेको दावी गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर सरकारको छ ।

यस्ता अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट आदान-प्रदान, प्रकाशन, प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्तामा अपील गरेको छ ।

मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । ‘समाजिक सञ्जाल र वेबसाइटमा मोनोटाइज गरेर राखिएका अश्लिल सामग्री पनि हटाउन निर्देशन दिएका छाैं,’ उनले भने ।

 

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्