Logo
१५ चैत्र २०८०, बिहीबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको ढ़ुवानीमा असहयोग गर्नेहरू विरुद्ध हामी कड़ा भएर उत्रीएका छौं : आपुर्ती मन्त्री


उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको ढ़ुवानीमा असहयोग गर्नेहरू विरुद्ध सरकार कड़ा भएर उत्रीएको बताएका छन् ।

उनले आफ्नो फेसबुक पेज मार्फत बिचार लेख्दै भनेका छन् ‘हिजोको ज़स्तो सरकार निरिह बस्नेवाला छैन ।’ ‘ढ़ुवानीका निम्ति हामिले अतिरिक्त चालक नेपाल वायुसेवा निगमको उड़ान चार्टर गरि विभिन्न डिपोमा पठाएका छौं ।’ उनले भनेका छन् -‘मनोमानी गरि जनतामा हाहाकार गर्नेहरूलाई घूँडा टेकाउन आजको यो क़दम सुरूवात मात्र हो ।’

साथै उनले हड़तालको मौक़ा छोपि तेलको कृत्रिम अभाव सृजना गर्न खोज्ने आकाश जोगिनी एंटरप्राइज़ पेट्रोल पम्पलाई तेल वितरण गर्न लगाई तिनलाई कार्बाहीको घेरामा ल्याइएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्