Logo
७ बैशाख २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तान्जानियामा डुङ्गा दुर्घटना हुँदा एक सयको मृत्यु, दर्जनौ वेपत्ता

नैरोबी : तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् ।

तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एकसय यात्रु सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो ।

दर्जनौको सङ्ख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने डर भएको उकेरेवे जिल्ला परिषदका प्रमुख जर्ज न्यामाहाले चिन्ता व्यक्त गरेका छन् । क्षेत्रीय गभर्नर जोन मोङगेल्लाले यस दुर्घटनमा परी करिब एकसय जनाको मृत्यु भएकोे र अन्य ३७ जनालाई उद्धार गरिएको बिहीबार बताएका छन् । यद्यपी उद्धार गरिएकाहरुमा पनि केहीको अवस्था चिन्ताजनक भएको जोनले बताएका छन् ।

तान्जानियाको सरकारी निकायका अनुसार यस डुङ्गामा कति व्यक्ति सवार रहेका थिए भन्ने प्रष्ट भएको छैन । डुङ्गा दुर्घटनाको कारण हाल प्रष्ट नभएको तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमता भन्दा बढी नै व्यक्ति रहने गरेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् । करिब ७० हजार वर्ग मिलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया ताल अण्डाकारमा रहेको छ ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्