Logo
१२ बैशाख २०८१, बुधबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक

एजेन्सी : बलिउड अभिनेता अमिर खान र अमिताभ बच्चन अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अमिताभ बच्चनलाई मात्र देखाइएको छ । पोस्टरमा अमिताभलाई खुदाबक्स (ठग्स अफ कमान्डरको) रूपमा परिचित गराइएको छ ।

हरियो रङको पगरी ,हातमा तरबार सहित समुन्द्री जहाजमा अमिताभलाई प्रस्तुत गरिएको छ । ‘ठग्स अफ हिन्दुस्तान’ १८३९ को नोबेल (ठग अफ कन्फेसन्स अफ ठग)मा आधारीत सत्य कथा हो । यसराज प्रोडक्सनको ब्यानरबाट निर्मित यस चलचित्रमा अमिताभ अमिर खानको पिताको भूमिकामा देखा पर्ने छन् ।

विजय कृष्ण आचार्यको निर्देशन रहेको यस चलचित्रलाई २०० करोड बजेटमा निर्माण गरिनुका साथै एक्सन सिनमा बढी खर्च भएको बताइएको छ । अमिताभ र अमिरको अलावा चलचित्रमा कैट्रीना कैफ,फतिमा साना सैख लगायत अन्य कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्