Logo
८ बैशाख २०८१, शनिबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रताप दासको आवाजमा अनुरागको तेस्रो गीत रिलिज (भिडियोसहित)

काठमाडौँ : आगामी असोज १२ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो सुरमा…..’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार समुन्द्र पण्डित फिचर्ड छन् ।

सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत, सत्यराज चौलागाईको शब्द तथा प्रताप दासको स्वर रहेको छ । उक्त गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । पत्रकार ऋषि धमलाको प्रस्तुतकर्ता रहेको चलचित्र लाइ सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ ।

‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव-नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘अनुराग’मा एक पृथक सांगीतिक प्रेमकथा रहेको छ । चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्