Logo
१२ बैशाख २०८१, बुधबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झोलुङ्गे पुल जीर्ण हुँदा स्थानिय बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

बैतडी : डोडेश्वर झोलुङ्गे पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन् । उक्त पुल जीर्ण हुँदा स्थानीयवासी र गाँउपालिका जाने सेवाग्राहीलाई पनि समस्या भएको छ ।

वर्षौ पारानो पुलको फल्याक कुहिएर झरिसकेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया–२ का मोहनबहादुर बिष्टले बताएका छन् । सतबाँझ श्रीभावर सडक वर्षाले अवरुद्ध भएपछि पैदलमार्गको उक्त पुल पनि पुल जीर्ण हुँदा समस्या भएको उनले बताए । गाँउपालिकाको वडा नं १, २ र ३ का बासिन्दाले गाउँपालिका जान सोही पुल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

वर्षात्को समयमा खोला बढेपछि तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको सुर्नया–४ का प्रकाश भाटले बताए । उनले भने, “पुलमा आवतजावत गर्न डर लाग्छ ।” डोडेश्वर खोलामा पुल नहुँदा विद्यार्थीलाई समेत आवतजावत गर्न समस्या भएको रौलेश्वर माविका शिक्षक दीपेन्द्र बिष्टले जानकारी दिए। जीर्ण पुल गाँउपालिकाले अगामी वर्ष मर्मत गर्ने जनाएको छ ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्