Logo
१५ चैत्र २०८०, बिहीबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा ८ दिनसम्म मनाइने इन्द्रजात्रा शुरु, हनुमानढोकामा लिंगो ठड्याइयो

काठमाडौं : उपत्यकामा ८ दिनसम्म मनाइने धार्मिक एवं परम्परागत महत्त्व बोकेको इन्द्रजात्रा पर्व शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व शुक्रबारबाट शुरु भएको हो । यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई व्रतका लागि आवश्यक पारिजात फूल टिप्न छोरा जयन्तलाई पठाइउँदा दैत्यले पक्राउ गरेको र जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ ।

यही परम्पराअनुसार शुक्रबार बिहान हनुमानढोका दरबार क्षेत्रमा लिंगो ठड्याएर यस वर्षको पर्वको शुरुवात गरिएको छ ।  ०८ः०५ बजेको साइत अनुसार लिंगो ठड्याइएको हो । लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्