Logo
६ बैशाख २०८१, बिहीबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली हानी दिनदहाडै अन्सारीको हत्यापछि यस्तो छ भुटाहाको अवस्था (भिडियो)

प्रदेश नम्बर १ स्थित सुनसरीको रामनगर भुटाहा बजारमा बिहिबार भएको हत्या घटनाको विरोधमा स्थानियले बजार बन्द गरेका छन् । शान्ती(सुरक्षाको प्रत्याभुत नभएको भन्दै भुटाहा बजारमा प्रर्दशन समेत गरिएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका अन्तरगतको भुटहाका समाजसेवी तथा राजनीतिकर्मी खुर्शिद अन्सारीको हत्या भएको हो । दिउसे साढे १२ बजे भुटहा बजारमा अज्ञात व्यक्तिहरूले गोली हानी उनको हत्या गरेको हो ।

मुस्लिम समुदायका नेता तथा ओलमाहरूले गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाबारे जानकारी गराउँदै हत्यारालाई समातेर कानूनी कारवाही गर्न र उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेका छन् । पुर्व सांसद तथा मन्त्री जाकिर हुसैनको नेतृत्वमा गृहमन्त्रालय पुगेका प्रतिनिधि मण्डलले घटनास्थलमा गृहमन्त्री स्वयं नै उपस्थित हुनुपर्ने माग समेत गरेका छन् ।

उक्त प्रतिनिधि मंण्डलले गृहमनत्री स्वंय भुटाहा गएर मृतकका परिवार र आम जनतालाई आश्वस्त नपारेसम्म लाशलाई पोष्टमार्टममा जान नदिने र लाशसमेत न बुझ्ने अडान लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्