Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाबाट १०/१० हजारमा बेचिन्छ शहिदको तस्बिर, मन्त्री-मेयरकै भित्तामा नक्कली बिवरण

काठमाडौ : मधेशीहरुको हक र अधिकारका लागि नेपालमा पटक-पटक मधेश आन्दोलन हुँदा कयौं नागरिकले ज्यानको आहुती र कयौं अङ्गभङ्ग भएपनि कयौंका लागि ‘फलिफाप’ नै भएको छ । मधेशी आन्दोलनकै नाममा स्थापित यतिबेला देशमा मुख्यतः २ ओटा राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) र संघीय समाजवादी फोरम नेपाल छ । तर ती राजपा र फोरमका हर्ताकर्ताहरु भने सुकुम्बासीबाट सिधै करोडपति-अरबपति भइसकेका छन् ।

तपाईं सायद पत्याउनु हुन्न मधेशी पार्टीका कार्यालय सचिब (कर्मचारी) हरु समेत सुकुम्बासीबाट सिधै करोडपति बनिसकेका छन् । भने आफ्ना गाउँ-घरमा सुत्ने काठको खाटसम्म नहुनेहरु यहाँ मार्वलवाला शौचालयमा शौंच गर्नेगरेका छन् । हुन त पैसा कमाउनु सबैको मनसाय नै हुन्छ यसलाई कुने गलत मान्नुपर्ने होइन तर पैसा कमाउनकै लागि यहाँ निकै धुर्ताई गर्ने गरिएको छ । प्राप्त जानकारी अनुसार राजपा कार्यालयबाट पटक-पटकको मधेशी आन्दोलनमा ज्यान गुमाएकाहरुको तस्बिर बेचेर ब्यक्तिगत झोला भर्ने कार्य भइरहको छ ।

पछिल्लो पटक राजपाको कार्यालयबाटै प्रदेश नम्बर २ का सबै स्थानीय तह र प्रदेश सरकार मातहतका कार्यालयहरुमा मधेशी शहिदहरुको तस्बिर बेचिने कार्य भईरहेको छ । तर सुरुवाती चरणमा यो कार्यहरु उक्त कार्यालय केन्द्रित छ जुन कार्यालयहरुमा राजपाबालाहरुको उपस्थिीती रहेको छ । राजपाका एक जना कार्यालय कर्मचारी प्रदिप पाठक र उनका अर्का सहयोगी सुरेन्द्र मंडलले शहिदहरुको फोटो र अन्य केहि बिवरण भएको फ्रेमिङ्ग तस्बिरलाई रू.१०/१० हजारको दरले बिक्री बितरण गरिरहेका छन् । यस्तो किसिमको फ्रेमिङ्ग तस्बिर २ ओटा बनाइएको छ । जसमा तिनवटै मधेश आन्दोलनका शहिदहरुको तस्विर र बिवरण उल्लेख गरिएको छ ।

उक्त फ्रेमिङ्ग तस्बिर कार्यालयमा लगाउन भन्दै दिएको र त्यसको भुक्तानी स्वरुप रु १०१० हजारको दरले रु. २० हजार मागिने गरिएको छ । प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिसोर साह (रामबाबु) का स्वकीय सचीव राजकुमार यादवले उक्त कुरा स्वीकार गर्दै २ सेट फ्रेमिङ्ग तस्बिर पठाइएको बताए । उनले भने ‘हामिलाई पनि उक्त फ्रेमिङ्ग तस्बिर पठाईएको छ । शहिदहरुको बिवरण र तस्बिर त्यसमा उल्लेख भएकाले भावनात्मक कुरा पनि हुन्छ, हामीले लियौं तर पछि हेर्दा त्यसमा निकै त्रुटि छ । ‘बिल त दिनुभएको छैन’ यादवले भने – ‘प्रदिपजीले तर रू. २० हजारको दरले भुक्तानी गर्नुपर्ने भन्नु भएको छ ।’

त्यँही फ्रेमिङ्ग तस्बिर भौतिक मन्त्री जितेन्द्र सोनलको कार्यालयमा पनि पठाईको छ । सोनलले प्रदेश २ अन्तरगत सबै सरकारी कार्यालयमा अनिवार्य उक्त बिवरण भएको फ्रेमिङ्ग तस्बिर लगाउने मन्त्रीपरिषदबाटै निर्णय गर्ने तयारी गरिरहदा तस्बिर बेच्ने हानाथाप भईरहेको बताईएको छ ।

सोनलले नागरिक टाइम्ससँग भने अहिले निर्णय भएको त छैन तर हामी गर्ने तयारीमा छौं । उक्त फ्रेमिङ्ग तस्बिर उनको कार्यालयमा समेत लगाईएको छ । उनले भने साथीहरूले दिनुभो भावानात्मक रुपमा हामीले लगाईदियौं तर अहिले हेर्दा त निकै त्रुटि छ ।

त्यसैगरी त्यँही गलत बिवरण भएको फ्रेमिङ्ग तस्बिर स्थानीय तहहरुलाई पनि पठाईएको छ । तर राजपाका नेताहरुको नेतृत्व रहेको तहहरुमा उक्त गलत बिवरण भएको फ्रेमिङ्ग तस्बिर पठाइएको छ ।

‘२ ओटा फ्रेमिङ्ग तस्बिरू पठाउनु भएको छ, रु.१०/१० हजारको दरले भुक्तान गर्नुपर्छ भनी प्रदिप जीले भन्नु पनि भएको छू प्रदेश २ स्थित गौर नगरपालिका, रौतहटका मेयर अजय गुप्ताले भने-‘तर उहाँहरुले कुनै बिल भने दिनु भएको छैन, हामीले भुक्तानी पनि गरेका छैनौं ।

उनले भने भुक्तानी त पछिको कुरा हो, यो कार्य गर्न साथीहरू यत्ति हतार गरेका छन् कि उक्त फ्रेमिङ्ग तस्बिरमा निकै गलत बिवरण उल्लेख गरिएको छ ।

उनका अनुसार उक्त फ्रेमिङ्ग तस्बिरमा नाम कसैको फोटो कसैको, मिति गलत, जिल्ला समेत गलत, रहेको पाइएको छ । गौर नगरपालिकालाई दुई सेट उक्त फ्रेमिङ्ग तस्बिर पठाईएको छ । मेयर र उपमेयर किरण ठाकुरको कार्यालयमा उक्त फ्रेमिङ्ग तस्बिर लगाईएको छ ।

फ्रेमिङ्ग तस्बिरमा सबैभन्दा त्रुटि के छ भने ‘मधेश आन्दोलन २०६२’ लेखिएको छ । जवकी २०६२ मा मधेश आन्दोलन नै भएको थिएन । तीन पटक भएको मधेश आन्दोलनमा सहिद भएकाहरुको सबैको तस्बिर बिवरण उल्लेख गरिएको भनिएपनि त्यस्मा सबै बिवरण र पुरै संख्या भने छैन । एउटामा मधेश आन्दोलन २०६२ लेखिएको छ भने अर्कोमा भारतीय कलाकारको तस्बिरलाई सहिद भन्दै राखिएको छ ।

यस्ता छन् त्रुटिहरु :
मधेश आन्दोलनको नाम दिइएको जम्मा ३ पटक आन्दोलन भएको छ । राजनीतिक दलहरुले यसलाई पहिलो २०६३, दोस्रो २०६४ र तेस्रो २०७२ भन्दै वर्गिकरण गरेको छ । मधेश केन्द्रित राजनीतिक दल र सरकारको आधिकारिक बिवरण अनुसार तिनवटै आन्दोलनमा गरि अहिलेसम्म १२१ जनाले मृत्यु भएको सकेको छ । पहिलो आन्दोनमा ४३ जना, दोस्रोमा १६ जना र तेस्रोमा ६२ जनाको नाम शहिद सुचिमा रहेको भएता पनि तयार पारिएको उक्त फ्रेमिङ्ग तस्बिरमा भने सबै आधिकारिक बिवरण उल्लेख गरिएको छैन ।

प्रकाशक समेत उल्लेख नगरिएको उक्त फ्रेमिङ्ग तस्बिरमा ९७ जना शहिद भन्दै उल्लेख गरिएको छ । एउटामा मधेश आन्दोलन २०६२ लेखिएको छ भने अर्कोमा भारतीय कलाकारको तस्बिरलाई सहिद भन्दै राखिएको छ । सबैभन्दा अन्तिममा रखिएको एक तस्विरमा कुनैपनि बिवरण छैन जवकी उक्त तस्विर एउटा हिन्दी फिल्मको हो । त्यस्तै चन्दन पटेल नाम भनिएको छ तर फोटो भने अर्कैको राखिएको छ । त्यसैगरी सोमवती मुरावको नाममा चन्दनको फोटो राखिएको छ । यी समेत उक्त फ्रेमिङ्ग तस्बिरमा धेरै नै त्रुटीहरु रहेको पाइन्छ ।

बिवरण चोरेको आरोप
यता, राजपा कार्यालयका एक सचिव राजेश चौधरीले आफूले निकै मिहिनेत गरि तयार गरेको बिवरण चोरिएको आरोप लगाएका छन् । नागरिक टाइम्ससंगको कुराकानीमा उनले भने ‘मैले ब्यक्तिगत तथा समाजिक कार्यका लागि भनि उक्त सबै बिवरणहरु संक्लन गरेको हुँ तर मेरो रफ डाटा चोरिएको छ ।’ उनले भने ‘कस्ले के गर्दैछ त्यो त मलाई थाह भएन तर फाइनल सबै बिवरण मसँग सुरक्षित रहेको छ ।’ मधेशबारे पिएचडी गर्दै गरेका बिद्यार्थी समेत रहेका चौधरीले भने गलत बिवरणहरुलाई भावनात्मक रुपमा ब्यापारको माध्यम बनाइनु गलत रहेको बताए ।  उनले आफ्ना फेसबुक मार्फत स्टाटस पनि लेखेका छन् ।

उनले भनेका छन् – ‘पार्टी कार्यालयमा ल्यापटापमा काम गरिएको बेला मेरो ल्यापटापबाट केहि साथीहरुले मैले तयार पारेको मधेश आन्दोलनका शहिदहरुको बिवरण चोरेर हत्तार हत्तारमा ब्यानर पनि बनाएर अहिले ब्यापारिक प्रयोजनका लागि बेच्नेसम्मको कार्य गरिरहेका छन् । तर हास्लाग्दो र खिन्नलाग्दो कुरा के छ भने भावनात्मक रुपमा निकै भावुक हुँदै मैले दिनरात लगाएर मधेश आन्दोलनका शहिदहरुको सम्पुर्ण बिवरण नाम, उमेर, ठेगाना, शहादत मिति, मन्त्रीपरिषदको निर्णय, परिवारको बिवरण समेत तयार पारेको डाटा अर्थात फाइनल बिवरण चोर्न सकेनन् ।

फाइनलमा डाटामा पार्सवर्ड लगाएका कारण अझै पनि मसंग ति सबै डाटा सुरक्षित नै छ । तर रफ बिवरण नै सहि, चोर्न सफल भएका ति चोर साथीहरुलाई आग्राह, यत्तिनै ब्यापार गर्न हत्तार थियो भने मसंग सहजै मागेको भए हुन्थ्यो नी, यसरी गलत बिवरणका अधारमा बनाइएको फोटो फ्रेम (जस्तै : भारतीय कलाकारको फोटा प्रयोग, नाम अर्कैको फोटो अर्कैको, मिति सिधै गलत लगायतका बिवरणहरु) लाई सरकारी कार्यालयहरुमा लगाउन त अपराध नै होइन र ? सम्बन्धितमा जानकारी होस् ।’

 

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्