Logo
४ बैशाख २०८१, मंगलबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा

दमौली : तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् । सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए । आफू यसै क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सांसद श्रेष्ठले यसअघिका महीनाको सबै तलब जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्थालाई सहयोग गरेका छन् ।
उनले व्यास नगरपालिका–१४ को छाब्दीबाराही विकास कोष, ब्यास नगरपालिका–१० स्थित सुधेरी गैरखानेपानी उपभोक्ता समिति, ब्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिर, ब्यास नगरपालिका–११ तनहुँसुरस्थित तनहुँसुर खानेपानी योजना र भानु नगरपालिका–१० स्थित दुधेकुना मन्दिरलाई रु ५०/५० हजार प्रदान गरेका थिए ।

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्