Logo
६ बैशाख २०८१, बिहीबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘डोली’ मा समाबेशपहिलो गित ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक

काठमाडौँ :  चलचित्र ‘डोली’ मा समाबेशपहिलो गित ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक गरिएको छ । लोक लयमा तयार भएको गितमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित लगायत कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको चलचित्र डोलीमा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ । सार्वजनिक गितमा हरि उप्रेतीको शब्द रहेको छ भने संगित तथा स्वर सि.डि बिजय अधिकारीको रहेको छ । त्यसै गरी यो गितमा अधिकारीलाई गायीका मेलिना राईले साथ दिएकी छिन् ।

चलचित्रमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान, संगिता नापित,अर्जुन गुरुड, नविन रेग्मी,हिउँवाला गौतम,दामोदर खतिवडा,प्रशान्त भण्डारी र सतिश खत्रीले अभिनय गरेका छन् । चलचित्र मंसिर २८ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्