Logo
११ बैशाख २०८१, मंगलबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर पुगेर राजेन्द्र महतोले भने -अपूरो संविधानको उत्सव कसरी मनाउन मनाउनु ?

तात्कालिन टीकापुर घट्ना भएको जिल्ला कैलाली पुगेर राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधानको विरोध गर्दै कालो दिवस मनाएका छन् । “संविधान दिवस कुन अर्थ मनाउनु ? भन्दै उनले विरोध जनाएका हुन् ।

टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले आफूहरूले राख्दै आएको संविधान संशोधन लगायत माग अझैसम्म पूरा नभएकोले संविधान दिवस नमनाएको स्पष्ट पारे ।

मुलुकमा दुईथरिका व्यवहार भइरहेको टिप्पणी गर्दै उनले मधेशी लगायत पछाडि पारिएका समुदायका माग पूरा गर्न सरकार अझै गम्भीर नभएको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफूहरूका माग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको समेत उनको भनाई थियो ।

उनले टीकापुर घटना लगायत तराई मधेशका जिल्लामा आफ्ना कार्यकर्तालाई आन्दोलनको क्रममा राज्यले प्रतिशोध साँध्न पक्राउ गरेको बताउँदै उनीहरूलाई रिहाइ गर्नुको कुनै विकल्प नरहेको बताए ।

कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमांकन आफूहरूलाई मान्य नभएको बताए ।

उनले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनुपर्नेमा जोड दिए ।

झाले भने, ‘अहिलेको सरकारले मधेश मुद्दा र पहिचानसहितको अधिकार संविधानमा व्यवस्था गर्नुपर्छ ।’

महतो र झाकै नेतृत्वमा बुधबार धनगढीमा संविधान दिवसलाई लक्षित गरी विरोधसभा आयोजना गरिएको छ । विरोधसभामा थारु कल्याणकारिणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतका संस्थाहरु समेत साथ रहेको थियो ।

कार्यक्रममा राजपाका नेताहरु समेत पहिचान पक्षधरहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्