Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान विरोधी जुलुसमा मोटरसाइकलमा सवार भएर सहभागी भए सरकारका मन्त्री

संविधान दिवसको विरोधमा बुधबार जनकपुरमा आयोजना गरिएको जुलुसमा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह  पनि सहभागी भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान दिवसलाई कालो दिन भन्दै आयोजना गरेको जुलुसमा मन्त्री साह सशस्त्र प्रहरीका अंगरक्षक सहित सहभागी भए । तर उनले सरकारी गाडी-आदिको प्रयोग भने गरेका थिएनन् । उनी मोटरसाइकलमा सवार भएर कार्यक्रममा सहभागी भएका थिए ।

प्रदेश २ मा संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाएको राजपाले संघीय सरकारलाई समेत समर्थन गरेको छ। संविधानप्रति असहमति जनाउँदै राजपाले बुधबार मधेसमा विरोध प्रदर्शन गरेको छ । जनकपुरको विरोध प्रदर्शन कार्यक्रमको कमान्ड पार्टीले मन्त्री साहलाई सुम्पेको छ। मन्त्री साह निजी नम्बरको मोटरसाइकल चढेर जनकपुरको जनक चोक पुगेका थिए ।

मन्त्री साह पुगेपछि त्यहाँ भेला भएका राजपाका नेता/कार्यकर्ताले कालो झण्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए । मन्त्री साहले त्यसको अगुवाई गरेका थिए । उनीसँगै संविधान विरोधी जुलुसमा राष्ट्रिय सभाका राजपाका सांसद बृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतको सहभागिता थियो ।

 

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्