Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियन प्रहरीको ब्यापक धरपकड : १४ सय बोतल बिषाक्त रक्सी बरामद, टोली गठन

मलेसिया

काठमाडौं : मलेसियामा बिषाक्त मदिरा सेवनले ६ जना नेपाली सहित २१ जना आप्रवासीको मृत्यु भएपछि त्यहाँको प्रहरीले ब्यापक धरपकड थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले मलेसिया घटनामा मृत्यु हुनेको शब नेपाल ल्याउन र उपचाररतहरु बिरामीको सम्बन्धमा त्यहाँको सरकारसँग संवाद गरिरहेका छन् ।

मलेसियाको सेलांगोर शहरमा बिषाक्त मदिरा सेवनगर्दा दर्जनौ आप्रवासी कामदार बिरामी भएका थिए । जसमध्ये ६ जना नेपालीको मृत्यु र १२ जना हाल अस्पतालमा उपचाररत छन् ।

मलेसियाका कार्यबाहक राजदूत कुमारराज खरेलका अनुसार, घटनाको अनुसन्धानका लागि सेलांगोर राज्य प्रहरीले उच्चस्तरिय छानवीन समिति गठन गरेको छ ।

समितिले शंकास्पद विभिन्न क्षेत्रबाट करिब १४ सय बोतल मदिरा बरामद गरि छानवीन अघि बढाएको हो । उनका अनुसार, शुक्रबारसम्म छानबिन प्रतिवेदन सार्वजनिक हुनेछ।

उनका प्रेस संयोजक मदन खनालका अनुसार मन्त्री बिष्टले नेपाली दुतावासले स्थानीय प्रशासनसँग शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्न निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्