Logo
४ बैशाख २०८१, मंगलबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमतको घमण्डले सरकार अधिनायकवाद लादिरहेको छ, संशोधन नभएसम्म संघर्ष : ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले सरकार अझै पनि विभेद गरिरहेको आरोप लगाएका छन् । संविधान जारी भएको दिनलाई ‘असोज तीन, कालो दिन’ भन्दै पार्टीले कलैयामा बुधबार आयोजना गरेको विरोधसभामा उनले यस्तो आरोप लगाएका हुन् ।

राज्यले पहिचानसहितको संघीय स्वायत्त प्रदेश नबनाएर उपनिवेशिक शासन चलाउन संविधान बनाएको उनको आरोप थियो। ‘सरकारले नाङ्गो नाच देखाएको छ,’ उनले भने, ‘सरकार बहुमतको घमण्डले अधिनायकवाद लादिरहेको छ ।’ संविधान संशोधनको माग पुरा नभए जुन बेला पनि ‘विस्फोट’ हुनसक्ने उनले चेतावनी दिए । संविधानको विरोध गर्दै पार्टीले कलैया उपमहानगरपालिकामा प्रदर्शनसमेत गरेका छन् ।

अनुहारको आधारमा सरकारले विभेद गरिरहेकोले संविधान संशोधनको आवश्यक्ता रहेको उनको भनाइ थियो। सरकारले हामीसित गरेको सबैखाले सम्झौता, सहमति उल्लंघन गरेको उनको आरोप थियो। ‘अन्तरिम संविधान, नयाँ संविधानको प्रस्तावना, राजनीतिक सहमतिसमेत सरकारले उल्लंघन गरेको छ,’ उनले भने, ‘कैलालीको निर्वाचित सांसद रेशम चौधरीसित सरकारले विभेद गरी निर्वाचितको प्रमाणपत्र दिएको छैन । यसको लागि प्रधानमन्त्री र गृहमन्त्रीसँग आवाज उठाउँदा वास्ता गरेको छैन् ।’

‘मधेसी, आदिवासी जनजाति, मुस्लिमलाई उसको भाषा, संस्कृति, पहिचान, नागरिकतालगायतमा विभेद गरिरहेको छ,’ उनले भने, ‘नश्लवादी सोंच, विचार र दृष्टिकोणले केही खास समुदायका अनुहारले देशमा शासन गर्न संविधानलाई आफू अनुकुल बनाएर जारी गरेको छ । त्यसैले संशोधन नभएसम्म हामी संघर्ष गरिहन्छौं ।’

 

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्