Logo
११ बैशाख २०८१, मंगलबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसकै दिन पूर्वराजाको घोषणा : ‘भारतको निर्वाचनपछि म राजा बन्छु’

काठमाडौं : नेपालमा संविधान दिवस मनाईरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको निर्वाचनपछि आफू राजा बन्ने र नेपाल हिन्दू राष्ट्र हुने बताएका छन् ।  शाह यतिवेला निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा छन् ।  बैंककमा आयोजित एक भेलालाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू पूनः राजा बन्नेसहितको सनसनीपूर्ण अभिव्यक्ति दिएका हुन् ।

उनले भारतको लोकसभाको निर्वाचनपछि नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पूर्नस्थापना हुने दाबी गरेका छन् । यद्धपी उनले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने अहिलेसम्म कुरकानी नभएको स्पष्ट पारेका छन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मोदीजीसँग अहिले मेरो कुरा भएको छैन् ।’

नेपालले तेस्रो संविधान दिवस मनाईरहँदा पूर्वराजा शाहबाट यस्तो अभिव्यक्ति आउनुमा उनी राजसंस्था ब्युँताउने रणनीतिमा रहेको प्रष्ट हुन्छ । उनले आज बैंककमा नेपालीहरु सम्मिलित भेलामा वर्तमान सविधानले जनताको आधारभुत समस्या सम्बोधन गर्न नसकेको गुनासो पोख्दै आफू पूनः एकपटक राजा बन्ने उद्देश्यमा रहेकोले सबैको साथ र सहयोग चाहिएको बताएका हुन् ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्