Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षाकर्मीलाई ‘चक्मा’ दिदै जनकपुरमा सिके राउतले गरे २० मिनेट भाषण (फोटो-फिचर)

जनकपुर स्थित सुरक्षाकर्मीहरुको सुरक्षा तयारीलाई चुनौती दिदै स्वतन्त्र मधेश अभियन्ता डा. सिके राउतले बुधवार २० मिनेट भाषण दिएका छन् । ब्राहबिगाहामा कार्यक्रम गर्ने भनिएतापनि राउतले आफ्ना सर्मथकहरुको हुलसँगै एक्कासी उपस्थित भएर स्वतन्त्र मधेशको माग गर्दै क्रान्तिकारी भाषण गरेका हुन् । उनी भाषण दिरहँदा त्यहाँ रहेका उनका सर्मथकहरुले प्रहरीलाई भने उनी नजिक जानदिएका थिएनन् ।

प्रहरीले डा. राउत सार्वजनिक भए लगतै पक्राउ गर्ने तयारीमा थियो तर उनका सर्मथकहरुले प्रहरीको तयारीलाई बिफल बनाइदिएका हुन् ।राउतका सर्मथकहरुले जनकपुर बजार समेत परिकर्मा गरेका थिए । डा. राउतले रमानन्द चौकमा भाषण गरेका हुन् । भाषण गर्ने क्रममा उनले आफ्ना कार्यकर्ता राममनोहर यादवको हत्या भएको भन्दै मधेश केन्द्रित दलहरुले मधेशी जनतालाई धोखा दिइरहेको बताए ।

उनी भाषण दिइरहँदा उनका सर्मथकहरुले भने बिच–बिचमा स्वतन्त्र मधेश भन्दै नारा लगाइरहेका थिए ।  प्रहरीले यसअघि नै राउतका सयौं नेता–कार्यकर्तालाई रिफ्तार गरेपनि एक्कासी हुलको रुपमा ठूलो संख्यामा सर्मथकहरुबीच राउत उपस्थित हुँदा सुरक्षाकर्मी समेत पत्राकारहरु समेत आश्चर्यचकित भएका थिए ।

सुरक्षाकर्मी हेरेको हेरै …डा. राउत फेरी भूमिगत
कडा सुरक्षा बाबजुद मधेश गठबन्धनका संयौ कार्यकर्ता जनकपुरमा प्रदर्शन गरेका छन् भने प्रहरीको विषेश खोजी सूचिमा रहेका गठबन्धका संयोजक डा.सिके राउत रामानन्दचोकमा प्रहरीप्रशासनकै अगाडी कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका छन् ।

असोज ३ संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन भन्दै डा.सिके राउतले जनकपुरमा ‘चलु जनकपुपर, भरु जनकपुर’ कार्यक्रम आयोजन गरेका थिए । जनकपुरको बाह्रविघा मैदानमा डा.राउतले विरोध सभा गर्ने पूर्व निर्धारित कार्यक्रम रहेको थियो । तर बाह्रविघा मैदानको चारै तर्फ प्रहरीको बाक्लो उपस्थितिको साथै जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको थियो ।

बुधबार विहानदेखि दिउँसो सम्म डा.सिके राउतका झण्डै २ सय कार्यकर्तालाई प्रहरीले जनकपुरको विभिन्न स्थानबाट पक्राउ पनि गरेको छ । तर पनि डा.सिके राउतका झण्डै १ हजारको संख्यामा एकैपटक आएका नेता कार्यकर्ताहरु रमानन्दचोकबाट विरोध जुलुस शुरु गरेका थिए । रामानन्दचोकबाट निस्केको गठबन्धको जुलुस जानकीचोक, जनकचोक, रामचोक, मुरलीचोक, भ्रमरपुराचोकसहितको ठाउँमा प्रदर्शन गर्दै पुनः रमानन्दचोकमा कोणसभामा परिणत भएको थियो ।

त्यति बेलासम्म भूमिगत रहेका गठबन्धका संयोजक डा.सिके राउत एकाएक कोणमा सम्बोधन गर्न शुरु गरे । डा.राउतले कोणसभमा स्वतन्त्र मधेशको विकल्प नरहेको बताएका छन् । स्वतन्त्र मधेशको लागि जारी रहेको आफुहरुको अभियान कसैले पनि असफल पार्न नसक्ने समेत उनले दावी गरेका छन् । यस्ते डा.सिके राउतका कार्यकर्ताहरुले प्रदेश २ सभा भवनको मुलगेटमा स्वतन्त्र मधेश गठबन्धको झण्डा समेत फहराएका छन् ।

भिडियो :

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्