Logo
१५ चैत्र २०८०, बिहीबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभारा हो : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताएका छन् ।

चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले आजको दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी विकाससहितको समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपाली जनताको दशकौँदेखिको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ जारी भएको थियो । जसले जनताको घर आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा पु¥याएको छ ।’

कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानून तथा योजना निर्माणका रूपमा लिएको विचार व्यक्त गर्दै उनले हरेक नागरिकलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्दै संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्