Logo
७ बैशाख २०८१, शुक्रबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को नाम : सप्तकोशीदेखि किरात, लिम्बुवान, खम्बुवानसम्मको नाम चर्चामा

मोरङ : प्रदेश १ सरकार निर्माण भएको १ बर्ष बित्न लागेको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने ६ महिनाको समयसिमा समेत घर्किसकेको छ । प्रदेशको नाम र राजधानीका बिषलाई लिएर पटक-पटक बिरोध र आन्दोलन हुँदै आएपनि २ तिहाईको प्रदेश सरकार कानमा तेल हालेर बसेको छ । प्रदेशका मन्त्रीहरुले पटक-पटक सोही बिषय टुंगिन लागेको र चाँडै टुंग्याउने भनेको महिनौ बितिसक्यो तर सोही बिषयले संसदमा खासै प्रबेश नै पाएको छैन । सोही बिषयमा घनिभुत रुपमा छलफल हुनुपर्ने भएपनि सोही बिषय ओभलेमा पर्दै आएको छ ।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु नै यो बिषयमा अन्यौलमा परिरहेका छन । यहि बिचमा एक नम्बर प्रदेशका सांसदहरुले छिटो भन्दा छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । उनीहरुले यो बिषय संसदमा उठाएका छन । एक नम्बर प्रदेशको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानीको विषय छिटो टुङ्ग्याउन माग गरेका हुन् । बैठकमा बोल्दै सांसद लिला सुब्बाले दुई तिहाई बहुमतको सरकार भएपनि अझै प्रदेशको नाम र राजधानीको विषय टुङ्ग्याउन नसकेको भन्दै टिप्पणी गरे ।

त्यस्तै सांसद विनादेवी राईले प्रदेशको नाम पहिचान झल्कने खालको हुनुपर्ने बताईन । उनले प्रदेशको नाम सगरमाथा किराँत प्रदेश या कोशी किराँत प्रदेश राख्नुपर्नेमा जोड दिएकी छिन । सांसदहरुले यो बिषयमा आवाज उठाएपनि मुख्यमन्त्री र मन्त्रीहरु भने मौन नै देखिन्छन ।

प्रदेशको नाम के ?
प्रदेशको नामको बिषयमा पटक पटक बिवाद हुँदै आएको छ । प्रदेशको नाम सगरमाथा राख्नेमा धेरै सांसदहरु सहमत देखिएपनि सप्तकोशी, किरात, लिम्बुवान, खम्बुवान लगायतका नाम समेत चर्चामा रहेका छन । प्रदेशको नाम राख्दा जातिय पहिचानका आधारमा राख्नुपर्ने समेत माग उठिररहेको छ । लिम्बुवान,खम्बुवान,किराँत समुदायले त प्रदेशको नामका बिषयमा पटक पटक आन्दोलन नै गर्दै आएका छन ।

स्थायी राजधानी बिराटनगर कि अन्तै ?
प्रदेश १ को अस्थायी राजधानी बिराटनगर लाई नै स्थायी बनाउनुपर्नेमा केही सहमत देखिन्छन भने केही बिराटनगर अनुपयुत्त भएको ठान्छन । राजधानीका लागी ईटहरी,धरान,धनकुटा र गोठगाँउको नाम समेत चर्चामा रहेको छ ।
संसदमा धनकुटा,ईटहरी,धरान, र बिराटनगरमा कुनै न कुनै मन्त्रालय दिने र राजधानी बिराटनगरमै राख्ने छलफल भएको समेत स्रोत बताउँछ । बिराटनगर गर्मी ठाँउ भएको र सिमा नजिक भएका कारण पनि अनपर्युत्त भएको बताउनेको संख्या पनि उल्लेख्य रहेको छ ।

कहिले होला समस्याको समाधान ?
प्रदेशको राजधानी र नाम तोक्ने बिषयमा ढिलाई भईसकेको छ । प्रदेशमा नेकपाको बहुमत सदस्य रहेका कारण यो बिषय चाहेमा टुंग्याउन खासै समस्या देखिँदैन । तरपनि मुख्यमन्त्री लगायत मन्त्रीहरुको ध्यान यतातिर मोडिएको छैन । गृहमन्त्री,अर्थमन्त्री लगायतका केहही मन्त्रीहरु जुनसुकै कार्यक्रममा यो बिषय केही दिनमै टुंगिने बताउँछन । तरपनि यो बिषय झण्डै १ बर्ष बित्दा समेत टुंगिने छाँटकाट छैन । यो बिषयमा जिम्मेवार पक्ष गम्भिर हुुनु जरुरी छ । @पुर्वेली न्यूज

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्