Logo
७ बैशाख २०८१, शुक्रबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरेक दिन एउटा स्याउ खाँदा हुन्छ यी ८ लाभ

काठमाडौ : दिनहुँ एउटा स्याउ खानाले रोग लाग्दैन । अस्पताल धाउनु पर्दैन । चिकित्सकको प्रेस्किप्सन लिनुपर्दैन । स्याउ, सदवहार फल हो । यो सजिलै उपलब्ध हुन्छ । तुलनात्मक रुपमा त्यती महंगो पनि छैन । स्याउको सेवनले पाचन यन्त्रलाई चुस्त राख्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

१. सेतो र स्वस्थ दाँत :  स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।

२. एल्जाइमर हुन दिदैन : स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ । डायबीटीज हुन दिदैन
हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।

३. कोलेस्टेरोल घटाउँछ : स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।

४. स्वस्थ मुटु  : स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ । पित्तथैलीको पत्थरी स् पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।

५. झाडा पखला तथा कब्जियत : स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।

६. तौल नियन्त्रण : धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

७. कलेजोको शुद्धिकरण : शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।

८. रोेगप्रतिरोधात्मक क्षमता : स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्