Logo
८ बैशाख २०८१, शनिबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दका कारण दाङको जनजीवन प्रभावित

दाङ : बन्दका कारण दाङमा बिहानैदेखि यहाँका प्रमुख बजारहरु खुलेका छैनन् भने यातायात, कलकारखाना र शैक्षिक संस्था समेत ठप्प छन्। माओवादी पूर्व जनमुक्ति पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङले भदौ ३१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नेपाल बन्दको आह्वान गरेका थिए।

जसमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पटक/पटक गरिँदै आएको पक्राउको विरोधमा बन्द आह्वान गर्ने भन्ने उल्लेख छ। तर, विप्लव नेतृत्वको नेकपाका नेताहरूले भने पूर्व जनमुक्ति पार्टीको बन्दसँग आफूहरूको कुनै सरोकार नरहेको जानकारी दिएका छन् ।

बन्दका कारण मंगलबार बिहानैदेखि दाङमा यातायातका साधन सञ्चालनमा आउन सकेको छैन। राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले कुनै पनि गाडी नछोडिएको जानकारी दिए। नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले एउटा विज्ञप्तिको भरमा बन्द हुनुले समाजको मनोवृति उदांगो भएको बताए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी कृष्णहरी शर्मा पनि हल्लाको हावाको भरमा जिल्ला बन्द हुनु दुर्भाग्य भएको बताए ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्