Logo
१५ चैत्र २०८०, बिहीबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री अमेरिका जाँदै : नरेन्द्र मोदी र इमरान खानसँग SAARC बारे त्यही वार्ता गर्ने

काठमाडौं : २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा आजबाट शुरु भएको छ ।बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बाेधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीकाे पालाे भने असोज ११ गते छ ।

सोही कार्यक्रममा भाग लिग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान त्यहाँ पुग्नेछन् । प्रधानमन्त्री ओलीले अमेरिकामै मोदी र खानसँग समेत भेटघाट गर्ने बताइएको छ । थालापरेको झै रहेको सार्क र बिमसटेक संयुक्त सैन्य अभ्यासबारे विशेष कुराकानी हुने बुझिएको छ ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्