Logo
१३ बैशाख २०८१, बिहीबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा : प्रचण्ड

काठमाडौं : चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गरेका छन् ।

सो अवसरमा उनले माओले येनानमा बसेर विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको उल्लेख गर्दै आफूहरुले यसै विचारको अध्ययन गरी प्रेरित भएको बताए । प्रचण्डले आफू आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र जनतामा धन्यवाद ज्ञापन गरे ।

‘धेरैपटक चीनको भ्रमण गरे पनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने अवसर नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ ‘ उनले भने । येनान नगरको अवलोकन गर्दा आफूलाई गौरवान्वित महशुस भएको पनि उनको भनाइ थियो ।

छलफलका क्रममा चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरीकै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतामा स्थापित रहेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘यहाँ आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरेजस्तो भएको छ।’

प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको बताउँदै अबको आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नुरहेको बताए । सेक्रेटरी सु सिन्रोङ्गले सान्सी प्रान्त र येनान नगरको बारेमा संक्षिप्त व्‍याख्या गरेका थिए। उनले अरू प्रान्तजस्तै यहाँ पनि विकासको तीव्रता रहेको बताए ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्