Logo
११ बैशाख २०८१, मंगलबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा सोमबार लाग्यो ब्रेक, बैंकिङ समुह ओरालो लाग्दा गिरावट

काठमाडौं- लगातार चार कार्यदिनसम्म बढेको शेयर बजारमा ५ औ दिनमा तिब्र उतार चढावसँगै झिनो अंकले घटेको छ।सोमबार कारोबार सुरु हुने वित्तीकै केहि सुधार देखिएको भए पनि ३७ मिनेटसम्ममा ९ अंकले घटेको थियो।

त्यसपछि एक घण्टा दुर्इ मिनेटमा ९ अंकको वाउन्स व्याक हुँदै तिव्र उतार चढावका विचमा ६८ करोड ७६ लाख रुपैयाँको कारोबार भएर रोकिएको छ।

सोमबार बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र अन्य सूचक ओरालो लागेको छ भने व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रसोधन, जीवन बीमा र माइक्रोफाइनान्सको सूचक उकालो लागेको हो।

विगत चार दिनमा बाणिज्य बैंक तथा विकास बैंकको शेयर बढ्दा सूचक तथा कारोबार रकममै उल्लेख्य सुधार आएको थियो भने माइक्रोफाइनान्स तथा बीमा कम्पनीहरुको सूचक ओरालो झरेको थियो।

सोमबार ग्लोबल आइएमर्इको प्रमोटर शेयर सबै भन्दा धेरै ९ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। भार्गभ विकास बैंकका शेयर धनीले सबैभन्दा धेरै ९.४२ प्रतिशत कमाएका छन्। त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकका शेयधरनीले ४.२९ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्