Logo
७ बैशाख २०८१, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा सुमन अधिकारी निर्वाचित

नुवाकोट : नुवाकोट निर्माण व्यवसायी सङ्घको आठौँ अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित भएका छन् ।सोमबार सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१मत ल्याएर विजयी भएका। उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाले १५९ मत प्राप्त गरेका छन् । निर्वाचनमा अधिकारीको समूह विजयी भएको छ ।

वरिष्ठ उपाध्यक्षमा शैलेन्द्रराज प्याकुरेल, प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, द्वितीय उपाध्यक्षमा पशुपति थापा, महासचिवमा रमेश बस्नेत, उपमहासचिवमा गोकर्ण थपलिया, सचिवमा रामसिंह तामाङ, सहसचिवमा भगवान अधिकारी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा शिवलाल श्रेष्ठ विजयी भएका छन् ।

यस्तै सदस्यमा रामचन्द्र श्रेष्ठ, रमेश बोगटी, राजनप्रसाद जमकटेल, श्रीराम तामाङ, दशरथ थापा, श्यामबहादुर तामाङ, कुमारप्रसाद गौतम, काजिमान डङ्गोल, शरण घले, विक्रम घले र विनोद थापा निर्वाचित भएका छन् । सङ्घमा चार ७९ मतदाता रहेकामा चार सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्