Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, २०७५ साल असोज महिनाको राशिफल

मेष राशि
यस महिनामा सूर्यका कारणले आफन्तीबाट अपमान र दुःख सहनु पर्ला । कार्यमा बाधा पर्लान् । परिवारमा कलह होला । बन्धुवान्धवबाट दुःख तथा संकट होला । कष्टपूर्ण पूर्ण यात्रा गर्नुपर्ला । आफूले गरेका काममा आफैं पछुताउनु पर्ला । मंगलग्रहका कारणले राज्यपक्षबाट पराजय हुनुपर्ला । आर्थिक पक्ष केही कमजोर होला । शरीरमा दुर्बलता बढेर जाला । अरूको अपमान सहनु पर्ला । शरीरमा अनेक किसिमका समस्याहरु बढेर जलान् रोजगारीका क्षेत्रबाट समस्या बेहोर्नु पर्ला । बुधग्रहका कारणले तपाईँलाई शत्रुहरूबाट दुःख पर्ला । नजिकका व्यक्तिहरुसँग झगडा पर्ला । मित्रजनहरु थोरै भएपनि साथ र सहयोग रहला । ज्ञानविज्ञानका क्षेत्रमा भने सफलता प्राप्त रहला । धन लाभका नयाँबाट भेटिएलान् । १३ गतेबाट आकस्मिक रूपमा धनलाभ होला । खुला तथा विशिष्ट व्यक्तिबाट साथ सहयोग रहला । गरेका काममा सफलता प्राप्त होला । घरपरिवारबाट पनि सरसहयोग मिल्ला । शुक्रका कारणले अनावश्यक विपत्तिको सामना गर्नुपर्ला । आर्थिक समस्यामा अरुले साथ नदेलान् ।
वृष राशि 
यो महिना सूर्यका कारणले तपाईँलाई सन्ताप र मनमा अशान्ति होला । आर्थिक हानी सहनु पर्ला । मनमा एक किसिमको व्याकुलता बढ्ला । आफ्ना प्रिय मित्रबाट धोका होला । विभिन्न झैझमेलाबाट दुःख पाइएला । पठनपाठनका क्षेत्रमा आलस्यता उत्पन्न होला । काममा बाधा   होलान् । मंगलग्रहका कारणले तपाईँको कार्यमा भने आँखा आइपर्लान् काम सम्पन्न गर्न निकै संघर्ष गर्नुपर्ला । आफ्नै अहंकार र जबर्जस्ती गर्नाले दुःख पाइएला । प्रशंसनीय कार्यमा सफलता प्राप्त गर्न सक्होला । बुधका कारणले तपाईँको धन नाश हुने योग परेको छ । मित्रवर्गबाट साथ सहयोग प्राप्त होला । भोजनमा रुचि बढ्ला । शुक्रग्रहका कारणले तपाईँलाई विपत्ति पर्ला । शत्रुहरु वृद्धि होलान् । रोजगार तथा काममा बाधा आइपर्ला । स्वास्थ्य खराब देखिएला । छोराछोरी अर्था सन्ततिबाट समस्या पर्ला । नजिकका व्यक्तिहरुसँग कलह पर्ला । झगडाले दुख देला । निकै ठूला कष्ट सहनु पर्ला । शरीरमा आलस्यता बढ्दा । १८ गतेबाट शुक्रका कारणले केही पीडा देला पतिपत्नी अथवा प्रेमीप्रेमिकाबीच कलझगडा होला ।आर्थिक समस्याले सताउला ।

मिथुन राशि
यो महिना सूर्यका कारणले तपाईँको धननाश होला । भय तथा सन्त्रास बढी रहला । आफ्नै अहंकारका कारणले पारिवारिक झगडा होला । आँखाका समस्याले सताउला । नाताकुटुम्ब तथा परिवारमा कलह पैदा होला । गरेका काम निष्फल नहुने भएकाले निराश हुनुपर्ला । मंगलग्रहका कारणले तपाईँलाई दुःख देला । आफन्तहरू टाढा होलान् । प्रेमीप्रेमिका तथा श्रीमान् श्रीमतीबीच झगडा होला । आँखा तथा पेटका समस्याले सताउला । बुधग्रहका कारणले तपाईलाई विपक्षबाट धोका होला । काम कार्य असफल होला । नचाहिँदा कुरामा कलझगडा होला । मित्रजनहरु पनि दुर्जन भएर निस्केलान् । शुक्रग्रहका कारणले विशिष्ट किसिमका उपहार प्राप्त होलान् । आर्थिक समस्या केही समाधानमुखी होला । १५ गतेबाट बुधका कारणले तपाईँलाई धनलाभका नयाँ बाट प्राप्त होलान् । आफन्तहरूको साथ सहयोग मिल्ला साथै मानसम्मान बढेर जाला । २० गतेबाट शुक्रका कारणले सुखसन्तोष प्राप्त होला । इष्टमित्रले साथसहयोग गरिदेलान् शुभ कामको थालनी   होला ।
कर्कट राशि
यो महिना सूर्यका कारणले तपाईलाई विशेष लाभ हुने योग छ । यो महिनामा तपाईलाई मानसम्मान प्राप्त होलान् । शत्रुहरु माथि विजय प्राप्त गर्न सकिएला बन्धनबाट पनि सहयोग मिल्ला । विभिन्न समस्याका बावजुद पनि कामहरु सफल होलान् । मंगलका कारणले तपाईलाई घाउ चोटपटक आदि लाग्न सक्नेछ । रक्तविकार तथा रक्तचापसम्बन्धी समस्याले सताउला । धान नास होला । पद प्रतिष्ठान नोकरी तथा व्यवसायमा भने केही बाधा उत्पन्न होला । बुधग्रहका कारणले तपाईँलाई धनमाल आउने बाटाहरु प्राप्त होलान् । परिवारमा साथ सहयोग मिल्ला । स्वजनबाट सहयोग प्राप्त होला । शुक्रग्रहका कारणले तपाईँलाई स्त्री तथा विपरित लिङ्गीहरुबाट सहयोग प्राप्त होला । मित्रहरुसँगको भेटघाट रहला । मानसम्मानमा वृद्धि होला । नोकरी तथा रोजगारीका क्षेत्रमा सफलता प्राप्त होला । १५ गतेबाट बुधका कारणले तपाईँलाई केही समस्या पर्ला । आर्थिक हानी होला । डरत्रास तथा चिन्तामा बस्नुपर्ला । १६ गतेबाट शुक्र तपाईँको पाँचौं स्थानमा प्रवेश गर्ने भएकाले छोराछोरी भाइबहिनी आदिबाट साथ सहयोग मिल्ला । अध्ययनअध्यापनको क्षेत्रमा सफलता मिल्ला । नोकरीमा पनि पदोन्नतिको योग रहला । धन वस्त्र आदि प्राप्त होलान् ।
सिंह राशि
यो महिना सूर्यका कारणले विनाकारण यात्रा वा भ्रमण गर्नुपर्ने परिस्थिति आउन सक्छ । शारीरिक थकान बढेर जाला । विभिन्न रोग व्याधिले सताउलान् । गरेका काम निकै संकटपूर्ण तरिकाले सम्पन्न होलान् । अनावश्यक बेचैनी बढ्ला । मंगल ग्रहका कारणले तपाईँलाई ज्वरो तथा ताप वृद्धिको समस्याले सताउला । मनमा चिन्ता पर्ला । मित्रजनसँग कलझगडा होला । पुत्र तथा आफूभन्दा साना पदका व्यक्तिबाट दुःख होला । अनावश्यक खर्च होला । शत्रुहरूले पीडा देलान् अशुभ समाचार सुन्नुपर्ला । बुधग्रहका कारणले १३ गतेबाट धन आम्दनी बढेर जाला । स्वास्थ्य लाभ होला । सुख सम्मान प्राप्त होला । नाताकुटुम्बसँग भेटघाट होला ।
कन्या राशि
यो महिना सूर्यका कारणले तपाईँलाई समस्या पर्ला । सन्तान तथा आफूभन्दा तल्ला तहका व्यक्तिसँग विनाकारण मनमुनाट होला । झञ्झटिलो यात्रा गर्नुपर्ला । थकानको महसुस होला । मन अशान्त रहला । रोगव्याधिले पनि सताउला । व्यावसायमा केही सफलता होला । मंगलग्रहका कारणले समझदारी तथा सम्झौता गर्नुपर्ला । नोकरी तथा रोजगारमा वृद्धि होला । बुधग्रहका कारणले तपाईँलाई पराजय तथा दुःखले सताउला । मानसिक अशान्ति होला । शुक्रग्रह दोस्रो स्थानमा भ्रमण गरेकाले तपार्इँलाई धनलाभ होला । मानसम्मान भने बढेर जाला । विपरीत लिङ्गीहरुले साथसहयोग गरिदेलान् । उपहार तथा अलंकार आदि प्राप्त होला । १५ गतेबाट बुधका कारणले धनहानि होला । मनमा अनेक किसिमका डर सन्त्रास रहला । विरोधीहरु शक्तिशाली बन्लान् दुर्जनको पनि संगत गर्नुपर्ला । १६ गतेबाट शुक्रका कारणले तपाईँलाई विभिन्न किसिमका वस्तु औजारहरु लाभ होला । मानसम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला ।
तुला राशि
यो महिना सूर्यले तपाईँलाई कर्मप्राप्ति होला । अभिष्ट कार्य सिद्ध होला । ठूला परियोजना योजनाहरु सफल होलान् । मनमा प्रसन्नता आउला । प्रशासनिक क्षेत्रमा सफलता मिल्ला । उच्च अधिकारीहरुले साथ सहयोग देलान् । मन उत्साहित रहला । मंगलले तपाईँलाई उल्टो फल देला । विरोधि तथा शत्रुहरु भने विजय हुनेछन् । थोरै भएपनि काम सफल होला । धनमाल वस्तुहरु प्राप्त होलान् । वस्त्र अलङ्कार प्राप्त हुनेछन् । दाजुभाइबाट झगडा वा तनाव बेहोर्नुपर्ने छ । बुधग्रहका कारणले तपार्इँलाई विघ्नबाधा आइपर्नेछन् । पेट तथा छातीसम्बन्धी समस्याले सताउलान् । शुक्रग्रहका कारणले तपार्इँलाई धन प्राप्त होला । गरेका काममा सफल मिल्ला । उत्तम भोजन प्राप्त होला ।
वृश्चिक राशि
यो महिनामा सूर्यका कारणले तपार्इँलाई धन आम्दानी होला । पदप्रतिष्ठा वृद्धि हुनेछ । रोग नाश होला । राज सम्मान प्राप्त होला । व्यापार व्यवसायमा सफलता प्राप्त होला । मन आनन्दित रहला । आर्थिक राजनीतिक तथा व्यापारिक पक्ष बलियो रहला । मंगलग्रहका कारणले स्थानन्तरण होला । तपाईँको विदेश भ्रमणको योग पनि हुनसक्ला । रोजगारीका क्षेत्रमा भने केही बाधा होलान् । अपमान सहनु पर्ला । आर्थिक समस्यासँग जुध्नुपर्ला । रक्तविकार तथा पेटसम्बन्धी समस्याले सताउला । बुधग्रहका कारणले तपार्इँलाई सुख भोग गर्ने मौका मिल्ला । नयाँ पद प्राप्त होला । बोलीको प्रभावले बिग्रिन लागेका काम बन्लान्् । शत्रुमाथि विजय प्राप्त होला । शुक्रग्रहका कारणले तपार्इँलाई धनलाभ होला । वस्त्र आभूषण आदि प्राप्त होला । मानसम्मानमा वृद्धि होला । साथीसङ्गीहरूबाट सहयोग रहला ।
धनु राशि 
यो महिना सूर्यका कारणले तपाईँलाई आर्थिक संकट आइ पर्ला । अनावश्यक पीडा होला । राज्यपक्षबाट भय रहला । अनावश्यक चिन्ताले सताउला । बिध्न वाधाहरु आइपर्लान् । अनावश्यक कष्ट भोग्नु पर्ला । चोर ठग आदिबाट आर्थिक हानी होला । मङ्गल ग्रहका कारणले शोक सन्ताप रहला । आत्मीयजनबाट बिछोडिनु पर्ला । रक्तचापसम्बन्धी समस्याहरु आउलान् । दुर्जनको पनि सङ्गत गर्नुपर्ला । बुधग्रहका कारणले विरोधीहरुसँग तनाव होला । खर्च बढी होला । शारीरिक स्वास्थ्यमा समस्या देखिएलान् । शुक्र ग्रहका कारणले तपाईँलाई केही राहत मिल्ला । वस्त्र अलङ्कार प्राप्त होलान् । इच्छित वस्तुहरु प्राप्त होला । स्वास्थ्य लाभ होला । केही मात्रामा सुख प्राप्त होला ।
मकर राशि
सूर्यका कारणले तपाईँको कान्तिक्षय हुनेछ । परिवारजनमा समस्या व्यहोर्नु पर्ला । गरेका काम असफल होलान् । मनमा हैरानी भइरहँला । हतास र निरास हुनु पर्ला । कुटुम्ब जनाबाट पनि असहयोग होला । गरेका काम अधुरै रहनाले चिन्ता बढ्ला । मंगलग्रहका कारणले धनहानी होला । तपाईँले गरेका काम सफलता प्राप्त गर्लान् । साना साना कुरामा झगडा गर्ने मानिससँग भेट होला । शारीरिक समस्याले पनि   सताउला । बुधग्रहका कारणले अफन्तीबाट सहयोग मिल्ला । धनलाभ होला । बुद्धिको विकास होला । मनमा अशान्त भएपनि जीत तपाईँको पक्षमा होला । रामणीय स्थानमा भ्रमण होला । तर शुक्र प्रतिकूल भएकाले समस्यामा फस्नु पर्ला । वादविवाद बढेर जाला । व्यर्थको धनहानि होला । विपरीतलिङ्गीहरुबाट दुःख होला ।
कुम्भ राशि
सूर्यग्रहका कारणले तपाईँले काममा विजय प्राप्त गर्नुहोला । राज्य तथा मित्रबाट सहयोग प्राप्त होला । सहयोगीका कारणले विशिष्ट कार्यसम्पन्न होलान् । परीक्षा तथा प्रतियोगितामा सफलता मिल्ला । गरेका काम सम्पन्न होलान् । मंगलग्रहका कारणले आम्दानी राम्रै रहला । शरीरमा आरोग्यता मिल्ला । सम्पत्तिबाट विशेष लाभ मिल्ला । गरेका काम सफल होलान् । बुधग्रहका कारणले १३ गते पछि भने घरायसी समस्या बढेर जालान् । पारिवारिक सदस्यसँग झगडा होला । कष्ट तथा भयले शारीरिक कमजोरी देखिएला । शुक्रग्रहका कारणले नजिकका व्यक्तिहरुसँग मनमुटाब होला । प्रेम तथा पारिवारिक समस्या आउला । महिनाको सुरुवात्भन्दा अन्तिम केही कष्टपूर्ण होला ।
मीन राशि
यो महिना सूर्यका कारणले तपाईँलाई यात्रागर्ने अवसर प्राप्त होला । दिशा पिसाबसम्बन्धी समस्या देखिएलान् । धननाश होला । सुखको अभाव होला । अपमान सहनु पर्ला रोगको सम्भावना बढेर जाला आफूभन्दा साना व्यक्ति तथा सन्ततिको स्वास्थ्यले सताउला । मंगलग्रहका कारणले तपाईँको धननाश होला । शारीरिक समस्या सताउला । चिन्ता तथा झमेला सताउला । नेत्ररोग बढेर जाला । आफन्तीसँग वैरभाव रहला । बुधग्रहका कारणले तपाईँलाई थोरै भएपनि विजय प्राप्त होला । धन तथा वस्त्रादि प्राप्त होला । बौद्धिक क्षेत्रमा भने सफलता मिल्ला । शुक्रग्रहका कारणले तपाईँलाई सुख तथा सम्पत्तिमा वृद्धि होला त्यसैगरी गरेका काम पनि थोरै भएपनि सफल होलान् ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्