Logo
८ बैशाख २०८१, शनिबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. भट्टराई : कालो झण्डा त सुरुवात हो, कर्मको बन्धन र त्यसको प्रारब्धले कहाँ छोडछ् र ?

कुशुम भट्टराई

डा. बाबुराम भट्टराईले बिगतमा आफुबाट भए गरेका कर्महरुकै प्रारब्ध फल भोगेका हुन् र त्यसकै फल अनुसार सेता हवाइटहाउस हेरेर फर्कदा कालो झण्डा भोग्नुपरेको हो । बिगतमा काला कामहरु गरेका मान्छेहरुले हवाइट हाउसमा छिरेर जताततै सेतै सेतो मात्र खोज्दैमा मिल्ने हो र ? कालो कर्मको फल कालै भोग्नुपर्छ र अब त्यस्ता फलहरु भोग्ने चरण सुरु भएको हुनसक्छ ।

कालो झण्डा त सुरुवात हो, कर्मको बन्धन र त्यसको प्रारब्धले कहाँ छोडछ् र ? महाभारतमा अनेक छलकपट गरेकै फलस्वरुप कृष्णको यदुवंश आपसमै लडेर समाप्त भयो । दुर्योधनलाई मार्न भिमलाई अनुचित इशारा गरेकै फलस्वरुप रुखको छहारीमा मस्तसँग आराम फमाईरहेका बखत व्याधाको बाँण लागेर कृष्ण मारिए ।

आखिर बिराट युद्धदेखि कुरु क्षेत्रसम्म हजारौं मानिसलाई मुला काटे झैं काटेकै फलस्वरुप अर्जुनदेखि भिमसम्म, नकुलदेखि सहदेवसम्मले स्वर्ग जान नपाइ नर्कमै रुमल्लीनुपरेको र केवल युधिष्ठिर मात्र स्वर्गमा गएको कथा पढेकै हो । कर्मको बन्धन र प्रारब्ध फल सके यही जुनीमा यही लोकमा, नसके अर्को जुनीमा अर्को लोकमा भोग्नैपर्छ । अतः बाबुरामलाई कालो झण्डा देखाइएको घटनालाई मैले भगबद गिताको कोणबाट हेरीरहेको छु र स्वाभाविक रुपमा लिइरहेको छु ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्