Logo
६ बैशाख २०८१, बिहीबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँही पानी जमेको खाल्डामा बस फस्यो, कतै अवैध उत्खनन् (हेर्नुस् देशभरका ३५ तस्विर)

रघुगंगा नदीको कटानका कारण जोखिममा परेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ स्थित खरिबोट गाउँ । तस्बिर : सन्तोष गौतम, म्याग्दी
इलामको पर्यटकीयस्थल सन्दकपुर पर्यटन पदमार्गमा टे«किङ्ग गर्दै तेस्रो मुलुकका पर्यटक । मानेभञ्ज्याङ्ग सन्दकपुर पर्यटन पदमार्गमा तीन महिना अघिदेखि सिंहलिला नेसनल पार्कले लगाएको प्रतिबन्ध हटेपछि यो क्षेत्रमा पर्यटक आवागमन सुरु भएको छ । तस्बिर : गङगा पराजुली, पशुपतिनगर, इलाम
पाँचथरमा जिल्लाको फालेलुङ गाउँपालिकाको वडा नम्बर १, २, ६ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अलैँची जोन कार्यक्रममा बजेट अभाव भएको हो । तस्बिर : जितबहादुर भण्डारी, पाँचथर
पाँचथरको फिदिममा सञ्चालनमा आएको समर्पित अस्पतालको पानसमा बत्ति बालेर उदघाटन गर्दे आर्थिक मामिल तथा योजना मन्त्री इन्द्रबहादुर आङबो । तस्बिर : जितबहादुर भण्डारी, (हिलिहाङ) पाँचथर
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित सुन्दर चनौटे गाउँ । गुरुङ्गहरुको बाहुल्यता रहेको यो बस्तीमा होम–स्टे सेवा शुरु भएको छ । यहाँ बार्षिक रुपमा हजारौ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत
मुस्ताङको थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा (फालोमा) जातीय पोशाकमा थकाली कुमारहरु । तस्बिर : निरज थकाली, ठिनी, मुस्ताङ
मुस्ताङको थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा (फालोमा) जातीय पोशाकमा थकाली महिलाहरु । तस्बिर : निरज थकाली, ठिनी, मुस्ताङ
आइतबार साँझ चाबहिल – साँखु सडकखण्डअन्तर्गत बौद्धको पीपलबोटमा पानी जमेको खाल्डामा परी फसेको सिटी यातायातको वा ३ ख ३८६९ नंको यात्रुवाहक बस । सडकको दुरवस्थाका कारण यस क्षेत्रमा दैनिकजसो सवारी साधन दुर्घटनामा पर्ने गरेका छन । तस्वीरः आदित्य दाहाल
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसी असोज ११ देखि १५ गतेसम्म सञ्चालित हुने स्यार्पू महोत्सवबारे आइतबार जानकारी गराउँदै । तस्बिर : मनिष खडका, रुकुम
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी आइतबार दाङको टरिगाउँस्थित एयरपोर्ट अवलोकन गर्दै । तस्बिरः दीपक बोहरा, दाङ
अखिल नेपाल फूटलवल संघद्वारा असोज ४ गतेदेखि १४ गतेसम्म भारतको आगरा शहरमा हुने ४६औं एसियाली खेलमा सहभागी हुने नेपाल राष्ट्रिय युवा (यु–१८) )टीमका खेलाडीलाई विराटनगरमा आइतबार विदाइ गरेपछि प्रदेश–१ मुख्यमन्त्री शेरधन राईका साथमा खेलाडीलगायत । तस्वीर : मनोज दाहाल, विराटनगर
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित पुस्तक ‘पैसाको खेती’ आइतबार पाल्पाको तानसेनमा विमोचन गर्दै । तस्वीर : कृष्ण दर्नाल
कालिकोटको कालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमुल्य धातु काइनाइट अवैध रुपमा उत्खनन हुँदै । तस्वीर : खडानन्द अधिकारी, कालीकोट
गण्डकी प्रदेशसभामा आइतबार प्रस्तुत सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गर्दै प्रदेशसभा सदस्य । तस्वीर : हरि बास्तोला, पोखरा
कर्मचारी सञ्चय कोषको ५७बmउसऔँ वार्षिकोत्सव समारोहको आइतबार उदघाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । तस्वीर : पूर्णप्रसाद मिश्र
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालय सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वविद्यालयका पदाधिकारीलगायत । तस्वीर : सौजन्य–प्रधानमन्त्रीको निजि सचिवालय
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालय सभामा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : सौजन्य–प्रधानमन्त्रीको निजि सचिवालय
राजधानीमा आइतबार आयोजित सञ्चारिका समूहको सातौँ अधिवेशनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालगायत । तस्वीर : कृष्णराज गौतम
बुटवल उपमहानगरपालीका १ स्थित पदम चैत्य बिहारको बौद्ध महिला संघको रजत महोत्सव समारोहको उदघाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल । तस्वीर : भरत केसी, बुटवल,
दक्षिण कोरियामा भएको …पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्वीर : नवीन पौडेल
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । तस्वीर : रत्न श्रेष्ठ
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सहभागी मन्त्री तथा सदस्यहरु । तस्वीर : रत्न श्रेष्ठ
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा …अपराध पीडित संरक्षण विधेयक, लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल । तस्वीर : रत्न श्रेष्ठ
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सहभागी सांसदहरु । तस्बिर : रत्न श्रेष्ठ
सुर्खेतमा आइतबार आयोजित स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि एवं अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत विभागीय मन्त्रीहरु । तस्वीर : शुरबहादुर सिंह
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘नाडा अटो शो’ । तस्वीर : रोशन सापकोटा
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘नाडा अटो शो’ को अन्तिम दिन आइतबार पुगेका अवलोकनकर्ता । तस्वीर : रोशन सापकोटा
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘नाडा अटो शो’ को अन्तिम दिन आइतबार पुगेका अवलोकनकर्ता । तस्वीर : रोशन सापकोटा
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘नाडा अटो शो’ को अन्तिम दिन आइतबार पुगेका अवलोकनकर्ता । तस्वीर : रोशन सापकोटा
भुकम्पले क्षति पु¥याएपछि रु २ करोड २८ लाख ७बmउस२ हजार ८ सय २२ लागतमा पुर्ननिर्माण गरिएको गोरखा नगरपालिका ४ स्थित ढुङगागाडे आधारभूत विद्यालयको नवनिर्मित भूकम्प प्रतिरोधी भवन । तस्वीर : दिपक श्रेष्ठ, गोरखा
बाँकेको खजुरामा जीर्ण अवस्थामा रहेका कपास विकास समितिको गोदाम । तस्वीर : काशीराम शर्मा, बाँके
म्याग्दीको रघुगंगा गाउँपालिका ८ का बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्दै गाउँपालिकाका जनप्रतिनिधि । तस्वीर : सन्तोष गौतम, म्याग्दी
तनहुँको शुक्ला गण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित फूलबारी सामुदायिक अस्पताल शुक्ला गण्डकी नगरपालिकालाई हस्तान्तरण गर्दै अस्पतालका अध्यक्ष शालिकराम भट्टराई । अस्पतालको स्वामित्वमा रहेको आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन, उपकरणलगायत करिब रु छ करोड बराबरको सम्पत्ति हस्तान्तरण गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना र शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा शुक्ला गण्डकी नगरपालिका–१ थप्रेकमा आयोजना गरिएको शिविरमा सेवाग्राहीलाई नागरिकता प्रदान गर्नुहुँदै नगर प्रमुख किसान गुरुङ्ग । तस्बिर : कृष्ण न्यौपाने
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरबाट पटनाका लागि बस सेवाको आइतबार उदघाटन गर्दै । तस्वीर : अजयकुमार साह, महेन्द्रनगर(धनुषा)

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्