Logo
१५ चैत्र २०८०, बिहीबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

फाइल तस्विर

काठमाडौं :  यू-१९ एकदिवसीय क्रिकेट श्रृखलामा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ३ बल बाँकी छँदा सबै विकेटको क्षतिमा १८९ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले अविजित ७८ रनको पारी खेले ।

खराब सुरुवात गरेको नेपालले ४ रन हुँदा २ विकेट गुमाएको थियो । ७ रन हुँदा अर्को विकेटको रुपमा कप्तान आशिफ शेखलाई गुमाएको नेपालले ५४ रन बनाउँदा ४ विकेट गुमाएको थियो । तर, सातौ नम्बरमा आएका पवनले उत्कृष्ट ब्याटिङ गर्दै ९६ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ७८ रन बनाए । त्यस्तै नेपालका लागि सुन्दीप जोराले २८ र राशिद खानले २४ रन बनाए ।

अफगानिस्तानका लागि नविद कविरले ३ विकेट लिए । १९० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले राम्रो प्रदर्शन गर्न सकेन । तुलनात्मक रुपमा राम्रो सुरुवात गरेको अफगानिस्तानकको विकेट पतन ४० रनबाट सुरु भयो ।

नेपालले एकपछि अर्को विकेट लिएपछि अपगानिस्तानले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १६४ रन मात्रै बनाउन सक्यो । नेपाललाई जित दिलाउन सागर ढकालले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राखेर मात्र २९ रन खर्चिदै ४ विकेट लिए । कमलसिंह ऐरी र राशिद खानले समान २-२ विकेट लिए ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्