Logo
८ बैशाख २०८१, शनिबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालबन्दी बजारमा व्यापारीहरुलाई गाली-बेइज्जती : सांसद सहितको टोलीद्वारा अनुगमन

सर्लाही स्थित लालबन्दी तरकारी बजारमा देखिएको बिवादबारे अध्ययण गर्न सांसद सहितको टोली आइतबार बजार अनुगमन गरेका छन् । स्थानिय पत्रकारहरु समेत पिडित व्यापारी लगायत सांसद प्रमोद साहको नेतृत्वमा उक्त संयुक्त टोली नगरपालिका कार्यालय पुग्दा नगरपालिका प्रमुख, उपप्रमुख तथा प्रशासकिय अधिकृत कोहि पनि उपस्थित थिएन ।

कोही पनि फेला नपरेपछि राजपा नेता समेत रहेका सांसद साहले त्यहीबाट मेयरलाई फोनमा कुरा गरेका थिए । साहसंग कुरा गर्दै कुनै किसिमको गलती गरेको प्रमाण फेला परेमा तृको तु कार्यबाही गरिने मेयरले बताएका छन् । तर ती व्यापारीहरुलाई गाली, बेइज्जत, तथा कच्चा तरकारीलाई रोडमा फालेको र ठेलामा ताल्चा लगाएको विषयमा ती पीडितहरुले संयुक्त रुपमा निवेदन दिदा पनि स्थानीय प्रशासन गैर जिम्मेवार भै कुनै पहल नगरेको सांसद साहले बताए ।

‘मेरो गम्भीर ध्यान आकर्षण भएको छ’ उनले भने तरकारी बजारको ठिकेदारले आफुले मागे जति कर नदिएको भन्दै लालबन्दीस्थित तरकारी बजारमा फलफूल व्यापारीको टहरा भत्काई दिएका छन् । ठेकेदारले प्रत्येक दिन पट्टामा लेखे भन्दा बढी कर मागेको र त्यसको विरोध गर्दा आफूहरुको पसल नै भत्काई दिएको फलफूल व्यापारीले आफूसंग गुनासो गरेको उनले बताए ।

सांसद साहका अनुसार नगरपालिकाले दैनिक प्रति ठेला १२ रुपैंया तोकेपनि ठेकेदारले आफूहरुसँग ३०/४० रुपैंयासम्म लिने गरेको छ । नगरपालिकाले तोकेभन्दा बढी तिर्दैनौं भन्दै विरोध गर्दा हिजो दिउँसो सबै निमुखा जनताको टहरा भत्काईदियो अनि ४ वटा ठेला सिक्रीले बाँधेर राखेका छन् ।

४० रुपैंया लिने भए रसिद माग्दा नदिने र उल्टै धम्क्याउने गरेको फलफूल व्यापारिहरुको गुनासो छ । बढी कर मागेको र धम्क्याएको विषयमा ईलाका प्रहरी कार्यालय लालबन्दी तथा नगरपालिकाका मेयरलाई गुनासो गर्दा पनि कुनै सुनुवाई भएको छैन ।

प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले तुरुन्तै समस्या समाधान गर्ने बताउदै तोकिएभन्दा बढि कसैले कर लिन नपाइने बताए । ‘तोकिएभन्दा बढी कर कुनै पनि हालतमा लिन पाईदैन’, प्रजिअ पोखरेले भने, ‘म मेयरसँग कुरा गर्छु र बढी कर लिने ठेकेदारलाई नियन्त्रणमा लिन प्रहरीलाई भन्छु ।’

सांसद साहले यस किसिमको घटनामा स्थानीय प्रशासन, नागरिक समाज, पत्रकार तथा राजनैतिक दलका प्रतिनिधिहरु सबैलाई समयमा गम्भीर हुन आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् :

मागेजति बढी कर नतिर्दा ठेकेदारले भत्काईदिए पसल

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्