Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को छिमेकी जिल्ला सप्तरीपछि प्रदेश १ को सुनसरीमा उच्च सर्तकता

इटहरी : छिमेकी जिल्ला सप्तरीमा दुई प्रकारका फ्लु देखिएपछि सुनसरीमा उच्च सर्तकता अपनाउन थालिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी र कञ्चनरुप नगरपालिकामा स्वाईन फ्लु र हङकङ फ्लुले देखिएपछि त्यसको संक्रमण सुनसरी तर्फ रोक्न भन्दै जिल्ला अस्पताल सुनसरीले सर्तकता अपनाउन थालेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले मातहतका सबै स्वास्थ्य संस्थामा सर्तकता अनपाउन निर्देशन दिएको छ । सीमावर्ती क्षेत्रबाट आउजाऊ भईरहने भएकाले फ्लु देखापरेको क्षेत्रलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएसँगै सुनसरी समेत उच्च सर्तकता अपनाउनु परेको जिल्ला अस्पताल सुनसरीकी प्रमुख बिना शाक्यले जानकारी दिईन ।

रुखाखोकी, ज्वरो आए वा शरिरमा आलश्यता उत्पन्न भए वा असहजता महसुस भएको अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाँच गराउन सर्वसाधारणका नाममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अपिल समेत जारी गरेको छ । कार्यालयले हिडडुल गर्दा मास्क लगाउन र सरसफाईमा ध्यान दिन समेत सर्वसाधारणमा आग्रह छ ।

सप्तरीमा देखिएको फ्लु कारण सुनसरी जिल्लामा पनि उच्च सर्तकता बढाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । औषधीको जोहोसहित स्वास्थ्यकर्मीलाई पूर्ण तयारीका साथ ड्युटीमा खटिन निर्देशन दिइएको उनले बताए । जिल्लामा अहिलेसम्म कुनै किसिमको संक्रमित बिरामी नभेटिएपनि पूर्व सावधानी अपनाइएको प्रजिअ उप्रेतीले बताए ।

सप्तरीमा अहिलेसम्म दुई प्रकारका फ्लुले तिनजनाको ज्यान गइसकेको छ भने २४ जनाको रगत थप परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । सप्तरीमा अझै बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

‘स्वाइन – फ्लू’ के हो ?

स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। यसलाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन टाइप ए इन्फ्लुएन्जा (H1N1) भाइरस जिम्मेबार हुन्छ।

‘म्युटेसन’का कारण हाल यस भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ । हाल यो भाइरस H1N2,H3N2 ,H3N1 आदि रुपमा देखा परेका छन् । जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ ।

यसको लक्षण पनि पहिले जस्तो स्पष्ट रुपमा थाहा पाउन सहज छैन । पहिले भन्दा यो भाइरसको क्षमता ८ गुणासम्म बढेको पाइएको छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्