Logo
७ बैशाख २०८१, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठेकेदारसँगको घुसकाण्डपछि कोटेश्वर र काँडाघारीका इन्स्पेक्टर तानिए

काठमाडौं : ९ जना प्रहरी कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका इन्सपेक्टरलाई सो स्थानको जिम्मेवारीबाट हटाएको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार दुई इन्स्पेक्टरलाई हालको जिम्मेजारीबाट हटाएर रिजर्भ युनिटमा पठाइएको छ ।

उनका अनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामालाई सामाखुसीस्थित पहरा गणमा पठाएको छ भने काँडाघारीका इन्स्पेक्टर हरि ओझालाई २ नम्बर गणमा पठाइएको छ ।

कोटेश्वरकी नयाँ इन्सपेक्टर एलिजा

लामाको ठाउँमा इन्सपेक्टर एलिजा गिरीलाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ भने काँडाघारीमा इन्सपेक्टर सुधिर राईलाई पठाइएको छ ।

शनिबार अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

श्रेष्ठले ठेकेदारसँग रु ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले रु ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले रु पाँच–पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।

त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

प्रहरी जवान रिजाल र रोकाले रु पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग रु पाँच÷पाँच हजार घुस मागेका थिए ।

बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारको फन्दामा परेका उनीहरुको साथबाट रु एक लाख बरामद भएको थियो ।

प्रहरी प्रधान कार्यालयले काँडाघारी र कोटेश्वरमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई तानेर नयाँ टिम पठाउन लागिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्