Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब साउदी अरबको न्यूनतम तलब १३ सय रियाल निर्धारण

काठमाडौँ : नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो ।

अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ ।

सरकारले साउदीको जीवनस्तर बढेको भन्दै नयाँ तलब तोकेको हो। सन् २०१३ मा तलब निर्धारण गरेपछि कामदारको तलब समिक्षा भएको थिएन ।

खुल्ला बजार भन्दै साउदी सरकार आफैले भने तलब तोक्ने काम गरेको छैन। कम्पनी र कामदारबीच समझदारी भएको तलवलाई साउदीले कार्यान्वयन गर्दैै आएको छ ।

यसअघि खाना सहित एक हजार रियाल तलब थियो।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्