Logo
६ बैशाख २०८१, बिहीबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय सरकार छाडा भए, निजगढ विमानस्थल निर्माण रोक्ने च्याउ उम्रे सरह विज्ञ उम्रे : यादव

काठमाडौं : संघीय समाजवादी फोरमका नेता प्रदिप यादवले निजगढ विमानस्थल निर्माण रोक्ने च्याउ उम्रे सरह विज्ञहरु उम्रिएको भन्दै स्थानीय सरकार छाडा बनेको झै अनुभुती भएको बताएका छन् । बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न केही व्यक्ति र विज्ञ लागेको आरोप उनले सभामुख समक्ष लगाएका हुन् ।

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा फोरमका सांसद यादवले जब विमानस्थल निर्माणको काम शुरु हुन्छ विरोधका स्वरहरु उठ्ने बताएका हुन् ।  च्याउ उम्रे सरह विज्ञ उम्रिएको र उनीहरु विमानस्थल निर्माणलाई रोक्न अग्रसर रहेको उनको आरोप रहेको छ ।  सांसद यादवले कुनै बाहानामा विमानस्थल निर्माणको काम नरोक्न सरकारसँग आग्रह गरे । ʻरुखजति रोप्नु छ रोपोस्, विमानस्थल निर्माणको काम नरोकोस्ʼउनले भने ।

ʻनिजगढ विमानस्थल निर्माणको काम दुई बर्षदेखि शुरु भएको छैन, जब काम शुरु हुन लाग्यो, जब सरकारले कामको थालनी गर्न लाग्यो सदनदेखि बाहिर सम्म निर्माणको काम रोकोस् भनेर षडयन्त्र भइरहेको छʼ सांसद यादवले भने, ʻबाहिरको कुरा गर्ने हो भने, च्याउ उम्रे जस्तो विज्ञहरुको जन्म भएको छ, रुखको बाहानामा वा कुनै बहानामा विमानस्थल निर्माण नहोस् भनेर लागिपरेका छन् ।ʼ

स्थानीय सरकार अरवियन घोडा जस्तो : 

सांसद यादवले स्थानीय सरकार अरवियन घोडा जस्तो बेलगाम भएको आरोप लगाए । ʻघर-घरमा सिंहदरवार पुराउने लक्षका साथ स्थानीय सरकारलाई अधिकार सम्पन्न बनायौं, अहिले जताततै करको आतंक छ, बुलेट बाइकदेखि मोवाइलसम्मʼ उनले भने, ʻस्थानीय सरकार अरवियन घोडा जस्तो छ, त्यसको निगरानी नेपाल सरकारबाट भएको छैन । जथाभावी कर नियन्त्रण होस् ।ʼ

 

 

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्