Logo
८ बैशाख २०८१, शनिबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथमा गोविन्दाको विशेष पूजा : १०८ ब्राह्मण र बटुकबाट दुई ठाउँमा यज्ञ, लाख बत्ती

काठमाडौँ : नेपालमा रहेका भारतीय अभिनेता गोविन्दाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । एलजी सिने सर्कल अवार्डका लागि गोविन्दा छोरी टिना आहुजासहित शनिबार काठमाडौँ आइपुगेका हुन् ।

उनले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा एक लाख ५६ हजारको विशेष पूजा गरेका हुन् । उनले १०८ ब्राह्मण र बटुकबाट पशुपतिमा दुई ठाउँमा यज्ञ लगाए । यस्तै लाख बत्ती पनि बालेका छन् । उनले साढे तीन घण्टा लगाएर पूजा गरेका हुन् ।

गोविन्दाको यज्ञ हेर्नका लागि पशुपतिमा ठूलो घुईँचो थियो । गोविन्दा भारीत तल्लो संदन लोकसभाका पूर्व सांसद पनि हुन् । पशुपतिमा उनको पूजाका लागि सुरक्षा सर्तकता उच्च पारिएको थियो ।

 

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्