Logo
११ बैशाख २०८१, मंगलबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मर्डरर गो ब्याक’ भन्दै डा. बाबुराम भट्टराई विरुद्ध अमेरिकामा प्रर्दशन (भिडियो)

काठमाडौँ : अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई त्यहाँस्थित केही नेपालीले कालोझण्डा देखाउँदै विरोध जनाएका छन् ।

अमेरिका भ्रमणमा क्रममा भट्टराई एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा केही युवाले कालोझण्डासहित विरोध गरेका हुन् । डा. भट्टराई र पत्नी तथा नयाँ शक्ति नेतृ हिसिला यमीविरुद्ध डिसी मेट्रो क्षेत्रत्रबाट टेक्सस जाने क्रममा ‘मर्डरर गो ब्याक’ भन्दै नाराबाजी गरेका हुन् ।

उनीहरुले बाबुरामको नेतृत्वमा नेपालका कयौँ हजार सर्वसाधरण मारिएको बताउँदै आलोचना गरेका हुन् । विरोधमा सहभागीहरुले तत्कालीन माओवादीले जनयुद्धका नाममा ठुलो अपराध गरेकाले विरोध गर्नुपर्ने बताएका छन् ।

डा. भट्टराई गत भदौ २८ गते अमेरिकाका लागि उडेका थिए । उनी अमेरिकाको भ्रमणपछि असोज २२ गते नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्