Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

याचना गर्नु बेकार छ : कम्युनिष्टहरुलाई सँबेदनाले छुँदैन

कुशुम भट्टराई

जनयुद्धको पृष्ठभूमिबाट आएकालाई एकाध हत्या, बलात्कार या अपहरणका घटनाले खासै नछुदोरहेछ । उनीहरुको वस्तुबादी सोचले ठान्दो हो, ‘मानिसको शरीर पनि पदार्थ नै हो, बलात्कार र हत्या पनि पदार्थमा भएको आकस्मीक परिवर्तन मात्र हो । पदार्थहरुमाथि यस्ता प्रयोग हामीले १७ हजारसँग गरेकै हो । भौतिक सँसारमा यस्तो द्वन्द्व त भइहाल्छ ।’

मलाई लाग्छ, शासन सत्तामा भएका कम्युनिष्ट भनाउँदाहरुले बलात्कारलाई पनि यस्तै पदार्थगत कोणबाट विश्लेषण गरीरहेका हुनसक्छन् । उनीहरुका लागि चेतना, भावना, मानिसको अस्मीता, स्वत्व, आत्मा, रोदन र सँबेदनाको कुनै महत्व छैन । हैन भने यीनले बाँदरमुढेमा स्कुल गइरहेका बालबालीका चढेको बसमा बम हान्थे त ? ति झापा विद्रोही भनाउँदाहरुले सुतीरहेका ढकाल बन्धुहरुको टाउको गिंडनसक्थे ?

उनीहरुमा अलीकती विवेक र मानवियता भएको भए आजसम्म निर्मला बलात्कारको घटनाले घोचीसक्थ्यो र त्यो एसएसपी, मेयर अन्य मनुवाहरुलाई बर्खास्त गरेर जेलमा जाकिसक्थे । ध्वँशमा विश्वास गर्नेहरुसँग न्यायका याचना गर्नु बेकार छ । यसको हिसाब किताब अब सचेत जनताले आउँदो चुनावमा गनर्पर्छ । अब शसक्त नागरिक आन्दोलनको बिकल्प छैन । @फेसबुकबाट

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्