Logo
१५ चैत्र २०८०, बिहीबार
(September 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँगाउँमा स्थानीय सरकार : धमाधम मर्मत हुँदै ग्रामीण सडक

जाजरकोट :  वर्षायाम सकिन लाग्दा यहाँका ग्रामीण तथा मुख्य सडक सञ्चालनमा आउन थालेका छन् । नजिकिँदो चाडपर्वलाई ध्यानमा राखी स्थानीय सरकारले जनतालाई सेवा, सुविधा दिने उद्देश्यले वर्षाले भत्काएका सडकको मर्मत गर्न शुरु गरेसँगै ती सडकहरु सञ्चालनमा आउन थालेका हुन् ।

सरोकारवाला निकायको लामो प्रयासपछि जिल्लाको विभिन्न ठाउँका सडक सञ्चालनको तयारी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताउनुभयो । सदरमुकामभित्र रहेका शान्ति चौतारा तल्लो थाप्ले सडक, पासागाड कालेगाउँ सडक, खलङ्गा पाँचकाटिया सडक, खलङगा रिम्ना सडक, रिम्ना आठबिसकोट सडक, दल्ली तल्लु सडक सञ्चालनमा आउन थालेका छन् ।

गाउँगाउँमा स्थानीय सरकार र स्थानीयको सहकार्यमा घोडेटो बाटोदेखि विद्युत् नहरसम्म मर्मत कार्य शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका–३ कैनाको साङट भेरी खोला जलविद्युत् योजना मर्मतमा स्थानीय जुटेका छन् । नलगाड–८ हल्चौरस्थित घोडेटो बाटो स्थानीयले निःशुल्क निर्माण गरिएको छ ।

स्थानीय र सरकारको सहकार्यमा जिल्लाको भएको जनधनको विषयमा गम्भीर हुँदै पूर्णको काममा जुटेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । वर्षाका कारण नलगाडमा मात्र सडक र अन्य संरचना गरी झण्डै रु ५० करोडभन्दा बढीको क्षति भएको छ । केन्द्रीय सरकारदेखि प्रदेश सरकारसँग जिल्लामा भएको क्षतिका विषयमा जानकारी गराई राहत र पुनःस्थापनाको काम पनि सँगसँगै अगाडि बढाइएको जनप्रतिनिधिहरुले बताएका छन् ।

गाउँगाउँमा गएर क्षतिको विवरण सङ्कलनपछि निर्माण शुरु भएको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताउनुभयो । गाउँ छाडेर पाटनतिर गएका स्थानीयािसी पशु चौपाय लिएर घरमा अन्नपात भित्र्याउन आइपुगेको बारेकोट गाउँपालिका–५ का प्रेमविक्रम शाहीले बताउनुभयो ।

प्रकाशित मिति: Sep 15, 2018

प्रतिक्रिया दिनुहोस्