Logo
७ बैशाख २०८१, शुक्रबार
(September 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले बडीगाड खोला थुनिँदा यसरी बन्यो ताल र डुब्यो बस्ती (फोटो-फिचर)

बाग्लुङ : माथिबाट खसेको पहिरोका कारण बाग्लुङको बडीगाड खोला थुनिँदा डेढ किलोमिटर भन्दा ठूलो र १०० मिटर गहिरो ताल बनेको छ । खोला थुनिएर ताल बनेको क्षेत्रबाट शनिबार बिहानदेखि पानी ओभरफ्लोभएर बग्न थालेको छ ।

तर पनि बाग्लुङ र गुल्मीका धेरै बस्तीमा जोखिम रहेको भन्दै स्थनीय प्रशासनले सचेत रहन आग्रह गरेको छ । बडीगाड गाउँपालिका–७ को तुरतुरेमा लोकमार्ग बिस्तारको क्रम चलिरहेको ठाउँबाट शुक्रबार राति साढे १२ बजेतिर सुख्खा पहिरो खसेर खोला थुनिएको हो ।

घटनाको जानकारी पाएपछि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेनासहितको टोली घटनास्थल पुगेको थियो । अहिले तीनवटै सुरक्षा निकायलाई सम्भावित घटनाको उद्धारका लागि परिचालन गरिएको छ । खोला थुनिँदा केही घर डुबेका छन् ।

प्रकाशित मिति: Sep 15, 2018

प्रतिक्रिया दिनुहोस्