Logo
७ बैशाख २०८१, शुक्रबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालिमका लागि नेपाली सेनाले ‘एयर क्राफ्ट’ भित्र्याउँदै

काठमाडौं : तालिमका लागि नेपाली सेनाले एयर क्राफ्ट भित्र्याउने भएको छ । दुई सिटे ‘एयर क्राफ्ट’को अन्तिम परीक्षणका लागि सैनिक हेडक्वाटर र रक्षामन्त्रालयको ५ सदस्यीय टोली अमेरिका फ्लोरिडा गएको छ ।

पहिलो र दोस्रो विश्व युद्धमा पनि यो विमान अत्याधिक प्रयोगमा आएको थियो। ब्रिगेडियर सन्तोष कार्कीको नेतृत्वमा गएको टोली ‘एयर क्राफ्ट’ को परीक्षण सकेर फर्किने छ ।

‘एयर क्राफ्ट’ डेढ महिनाभित्रमा नेपाल आइपुग्ने सैनिक स्रोतले जनाएको छ। सेनाले तालिमका लागि यो विमान खरिद गर्न गत वर्ष नै सम्झौता गरेको थियो।

‘एयर क्राफ्ट’ सैनय तालिमका लागि सबैभन्दा बढी प्रयोग हुने गरेको छ। सिंगल इन्जिन रहेको यो विमान अरुभन्दा छिटो गतिमा उड्न सक्छ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्