Logo
१५ चैत्र २०८०, बिहीबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माईतीघरमा श्रीमती तीज मनाउन गएका बेला श्रीमान्‌को हत्या

धनगढी : कैलालीको जोशीपुर गाउँपालिका-१ का एक व्यापारीको घरमै राति सुतिरहेको अवस्थामा हत्या भएको छ। स्थानीय किराना व्यवसायी ३७ वर्षीय रामप्रसाद जैशीको विहिवार राती हत्या भएको प्रहरीले जनाएको छ।

दुई छोरासहित श्रीमती माईतीघर टीकापुरमा तीज मनाउन गएका बेला उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

हत्या गरिएका जैशीले विहान अवेरसम्म पसल नखोलेपछि स्थानीयले हेर्दा हत्या गरिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए। जौशीको घाँटीमा चोट देखिएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक हरि बहादुर वली आफै घटनास्थल पुगेका छन्। उनका अनुसार तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले शवलाई पोष्टमार्टमका लागि लिन दिएका छैनन्।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्