Logo
१२ बैशाख २०८१, बुधबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राविधिक कर्मचारी बढि प्रभावित हुने भन्दै संघिय निजामाति ऐन परिमार्जन गर्न मांग

काठमाण्डौ : सरकारले अन्तिम रुप दिन लागेको संघिय निजामति सेवा ऐनलाई परिमार्जित गरेर मात्र लागु गर्नुपर्ने माग गरिएको छ । निजामति सेवा अन्तर्गत कार्यरत पशु सेवा, कृषि, बन, इन्जिनियरिङ्गं, सर्भेयर लगायतका प्राविधिक कर्मचारीहरुको पेशागत एसोएिशनहरुले संयूक्त रुपमा सरकारलाई ज्ञापन पत्र दिदै त्यस्तो माग गरेका हुन् ।

पेशागत एसोएिशनका अनुसार मन्त्रपरिषदमा पेश भएको संघिय निजामति सेवा ऐन कर्मचारीको हित विपरित रहेको छ । भने त्यसबाट प्राविधिक कर्मचारीहरु झन बढि प्रभावित हुने भएको छ । प्रस्तावित विधेयकको परिच्छेद (३) को दफा ८ (२) मा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा अन्तर्गत चौथो तहमा (अ.हे.व.,अ.न.मि. लगायतको खरिदार स्तरमा) शत प्रतिशत खुल्ला प्रतियोगिता द्वारा पदपूर्ति हुने व्यवस्था भएको देखिन्छ ।

तर सोही प्रकृतिको अन्य प्राविधिक जनशक्तिहरु जस्तै कृषि सेवा, ईन्जिनियरिङ्ग सेवा, बन सेवा लगायतका प्राविधिक खरिदार सरहको खुल्ला प्रतियोगिता अनुसार पदपुर्ति हुने व्यवस्था नभएको र उक्त प्राविधिक पदमा रा.प.अनं.पाचौ श्रेणी पदवाट पदपुर्ति हुदा प्राविधिक दक्षता नहुने भएकोले खुल्ला प्रतियोगितावाट नै १०० प्रतिशत पदपुर्ति हुने प्रावधान राख्नु पर्ने एसोसिएशनका अध्यक्ष रामप्रसाद मेहताले जानकारी दिए ।

कर्मचारीहरुले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, बिभाविय मन्त्री तथा बिभागिय सचिवलाई समेत सम्बोधन गर्दै उक्त ज्ञापनपत्र बुझाएका हुन् । मेहताका अनुसार प्रस्तावित विधेयकको परिच्छेद (३) को दफा ८ (१) मा भएको व्यवस्था अनुसार राजपत्रांकित तृतीय श्रेणीमा पदपुर्तिको लागी खुल्ला प्रतियोगीता ७० प्रतिशत, अन्तर सेवा प्रतियोगीता २० प्रतिशत, आन्तरिक प्रतियोगीताको व्यवस्था नभएको र जेष्ठता द्धारा हुने बढुवामा १० प्रतिशत हुने व्यवस्था गरेको छ ।

जसवाट सेवारत कर्मचारीको बढुवामा असर पर्ने भएकोले खुल्ला प्रतियोगीता वाट ६० प्रतिशत, अन्तर सेवा वाट १० प्रतिशत, आन्तरिक प्रतियोगिता वाट १० प्रतिशत र जेष्ठता वाट हुने बढुवाको लागी २० प्रतिशतको पदपुर्ति हुने प्रावधान गरिनुपर्ने देखिन्छ ।

यस्तो छ, ज्ञापनपत्र : 

 

मिति : २०७५/०५/२४

सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरवार, काठमाडौ ।

सम्माननीय सभामुख ज्यू
व्यवस्थापिका संसद, सिंहदरवार, काठमाडौ ।

सम्मानीय अध्यक्ष ज्यू
राष्ट्रिय सभा, सिंहदरवार काठमाडौ ।

माननीय मन्त्री ज्यू
संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय, सिहदरवार, काठमाडौ ।

श्री मान मुख्य सचिव ज्यू
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरवार, काठमाडौ ।

विषय : प्रस्तावित संघिय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको
व्यवस्थान गर्न बनेको विधेयक सम्वन्धमा ।

उपरोक्त सम्वन्धमा राज्यको प्रशासनिक पूनरसंरचना र निजामती सेवा ऐन २०४९ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ अन्तर्गत विभिन्न सेवामा कार्यरत निजामती कर्मचारीहरु लाई समायोजन र परिचालन गर्नका लागी हालै मन्त्रिपरिषदमा दर्ता भएको प्रस्तावित संघिय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको विधेयक प्रति हामी निजामती सेवा अन्तर्गत विभिन्न सेवा समूहमा कार्यरत प्राविधिक कर्मचारीहरुको नेतृत्व गर्ने एसोसिएशनहरु र निजामती कर्मचारीहरुको ट्रेड यूनियनहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपालको सविधान २०७२ मा भएको व्यवस्था अनुसार राज्यको पूनरसंरचना सगै सार्वजनिक प्रशासन सेवा लाई ३ वटै तहमा व्यवस्थित र प्रभावकारी तरिकाले सेवा प्रवाह गर्नका लागी कर्मचारीको समायोजन र परिचालन जस्तो महत्वपूर्ण विषय समेटेको प्रस्तावित संघिय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्थापन गर्न बनेको विधेयक ले प्राविधिक क्षेत्र वाट सेवा प्रवाह गरिरहेको जनशक्तिहरुको बृद्धि विकास लगायतको विषयमा व्यापक असर पार्ने भएकोले उक्त विभेदकारी प्रावधानहरु लाई न्यायोचित ढंगले सम्वोधन गराउनका लागी हार्दिक अनुरोध गर्दछौ ।

राष्ट्रको निर्माण र उत्पादनको क्षेत्रमा अहोरात्र खटिरहेका प्राविधिक सेवामा कार्यरत जनशक्तिहरुले हरेक परस्थिती र समयमा देश र जनताको लागी सेवा प्रवाह गरिरहेको सन्दर्भमा देशको उन्नती र समृद्धिको लागी हरपल र हरक्षण हरेक क्षेत्र÷तहमा परिचालन हुन प्रतिबद्ध रहेको व्यहोरा जानकारी गराउदै प्रावधिक जनशक्तिहरुको बृद्धि विकास लगायतको विषय गम्भिरताका साथ सम्वोधन गरि उक्त जनशक्तिहरुको मनोवल लाई उच्च बनाउन र न्यायोचित तबरले विशेष गरि प्राविधिक सेवामा कार्यरत जनशक्तिहरुको विषयलाई बिधेयकमा समेटन तपसिल अनुसारको विषयहरु प्रति ध्यानाकर्षण गराउन चाहन्छौ ।

तपसिल :
१. प्रस्तावित विधेयकको परिच्छेद (३) को दफा ८ (२) मा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा अन्तर्गत चौथो तहमा (अ.हे.व., अ.न.मि. लगायतको खरिदार स्तरमा) शत प्रतिशत खुल्ला प्रतियोगिता द्वारा पदपूर्ति हुने व्यवस्था भएको देखिन्छ । तर सोही प्रकृतिको अन्य प्राविधिक जनशक्तिहरु जस्तै कृषि सेवा, ईन्जिनियरिङ्ग सेवा, बन सेवा लगायतका प्राविधिक खरिदार सरहको खुल्ला प्रतियोगिता अनुसार पदपुर्ति हुने व्यवस्था नभएको र उक्त प्राविधिक पदमा रा.प.अनं.पाचौ श्रेणी पदवाट पदपुर्ति हुदा प्राविधिक दक्षता नहुने भएकोले खुल्ला प्रतियोगितावाट नै १०० प्रतिशत पदपुर्ति हुने प्रावधान राख्नु पर्ने ।

२. प्रस्तावित विधेयकको परिच्छेद (३) को दफा ८ (१) मा भएको व्यवस्था अनुसार राजपत्रांकित तृतीय श्रेणीमा पदपुर्तिको लागी खुल्ला प्रतियोगीता ७० प्रतिशत, अन्तर सेवा प्रतियोगीता २० प्रतिशत, आन्तरिक प्रतियोगीताको व्यवस्था नभएको र जेष्ठता द्धारा हुने बढुवामा १० प्रतिशत हुने व्यवस्था गरेको छ । जसवाट सेवारत कर्मचारीको बढुवामा असर पर्ने भएकोले खुल्ला प्रतियोगीता वाट ६० प्रतिशत, अन्तर सेवा वाट १० प्रतिशत, आन्तरिक प्रतियोगिता वाट १० प्रतिशत र जेष्ठता वाट हुने बढुवाको लागी २० प्रतिशतको पदपुर्ति हुने प्रावधान गरिनु पर्ने ।

३. परिच्छेद ५ को दफा २७ को (४) को (१) मा वढुवाको लागि न्यूनतम सेवा अवधि र शैक्षिक योग्यताको व्यवस्था भएकोमा, दफा २७ को (४) मा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि रा.प.तृतिय श्रेणि वा सो सरहको तहको पदको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यता नभएको निजामति कर्मचारीलाई सो श्रोणी वा सरहको तहको पदमा वढुवा गरिने छैन, भन्ने प्रावधान राखिएकोमा उक्त दफा २७ को (४) लाई हटाउनु पर्ने ।

४. परिच्छेद २ को दफा ६ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारले यो ऐन जारी भएको मितिले एक बर्ष भित्र नेपाल राजपत्रमा सूचना प्रकाशन गरि निजामति सेवाको श्रेणीगत व्यवस्थालाई तहगत प्रणालीमा रुपान्तरण गरि एकिकृत निजामति सेवा प्रणाली लागु गर्नेछ भन्ने व्यवस्था गरिएकोमा स्वास्थ्य सेवा ऐनको व्यवस्था अनुसार जागीर अवधिको आधारमा चौथौवाट पाँचौ र छैठौ तहमा तह बृद्धि हुने व्यवस्था अनुसार अन्य प्राविधिक जनशक्तिहरुलाई पनि सोही अनुसार जागिर अवधि गणना गरि तह समायोजन गर्दा तह बृद्धि गरि मिलान गरिनु पर्ने । साथै प्रदेश र स्थानिय तहमा कर्मचारीको समायोजन गर्दा निजामति सेवा ऐन अनुसार बढुवाको लागी न्यूनतम योग्यता पुगेका कार्यरत कर्मचारीको एक श्रेणी अनिवार्य बढुवा गरिनुपर्ने ।

५. परिच्छेद ३ को दफा १६ को (३) मा नेपाल स्वास्थ्य सेवाको नवौ र एघारौ तहको पदमा ४५ बर्ष र अन्य तहको पदमा ४० बर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्नेछ भन्ने व्यवस्था रहेकोमा उक्त प्रावधानलाई परिमार्जन गरि सवै प्राविधिक सेवामा पदपुर्ति गर्दा उमेर हद ४० बर्ष लागु हुने व्यवस्था गरिनुपर्ने र अवकास उमेर ६० बर्ष कायम गरिनु पर्ने ।

६. परिच्छेद ७ दफा ५० मा तलव तथा सुविधा पुनरावलोकन समितिको प्रावधान रहेकोमा उक्त समितिमा १ जना आधिकारीक टे«ड यूनियनको र १ जना प्राविधिक क्षेत्रवाट प्रतिनिधित्व हुने गरि समितिमा सदस्य थप गरिनु पर्ने ।

प्रकाश थापा मगर
अध्यक्ष
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन
पशुपन्छि विभाग समिति

जनक वहादुर धामि
अध्यक्ष
नेपाल निजामती कर्मचारी संगठन
पशुपन्छि विभाग समिति

शिव अर्याल
अध्यक्ष
नेपाल निजामती कर्मचारी युनियन संघ
पशुपन्छि विभाग समिति

हरि सिंह भाट
अध्यक्ष
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)
पशुपन्छि विभाग समिति

रामप्रसाद मेहता
अध्यक्ष
नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशासिएसन

कामेश्वर प्रसाद सिंह
अध्यक्ष
डिप्लोमा इन्जिनियर्स एसोसिएशन, नेपाल

गोविन्द पाण्डे
अध्यक्ष
नेपाल फोरेष्ट टेक्निसियन एसोसिएशन

देवराज गौली
अध्यक्ष
नेपाल कृषि प्राविधिक एसोसिएशन

जनक वहादुर रावल
अध्यक्ष
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्