Logo
१५ चैत्र २०८०, बिहीबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#जस्टिस फर निर्मला : न्‍याय माग्‍दै बानेश्‍वरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न दोषीको पहिचान र कारवाही माग गर्दै राजधानीमा प्रर्दशन भएको छ । नयाँ बानेश्‍वरको चोकमा शुक्रवार दिउँसो भएको प्रर्दशनमा बिद्यार्थीहरुले स्कुल ड्रेसमै प्रर्दशनमा उत्रिएका हुन् ।  बिद्यार्थीहरुले बलात्कारपछि हत्याको शिकार भएकी पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन् ।

बिद्यार्थीहरुले ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन, दोषीलाई कारबाही गर, हत्‍यारा लुकाउन पाइदैन, निर्मलालाई न्‍याय देऊ’ भन्दै नारा लागाएका थिए । निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रशासन नै अपराधीलाई लुकाउन लागि परेको आरोप लागिरहेको छ ।

सरकारले घटनाका सम्बन्धमा छानबिन गरी सत्य बाहिर ल्याउनका लागि अनुसन्धान समिति गठन गरेको छ । अहिले निर्मलाको न्यायका लागि दबाब दिन भन्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौँमा छन् । विहीबार मात्रै माइतीघर मण्डलामा निर्मलाको आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्