Logo
|| September 14, 2018

बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

नवलपरासी  : पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन्।

सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए ।

गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो । रासस

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार ०९:५४

प्रतिक्रिया दिनुहोस्