Logo
१५ चैत्र २०८०, बिहीबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध, सरकारको निर्णयको चौतर्फी स्वागत

श्रीलंका सरकारले मुलुकका हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध लगाएको छ । बोका, राँगा, कुखुरा बली दिने प्रथामाथि प्रतिबन्ध लगाइएको हिन्दु धर्म मामिला मन्त्रालयले जनाएको छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकामा पशुबली दिनु अमानविय क्रियाकलाप भन्दै विरोध हुँदै आएको थियो । बली दिने क्रममा हिन्दु र मुस्लिम समुदायले पशुलाई पिडा दिने गरेको भन्दै पशु अधिकारकर्मी तथा बौद्ध धार्मिक समुहले विरोध गर्दै आएका छन् ।

अधिकांश हिन्दु धर्मावलम्बीले सरकारको निर्णयको स्वागत गर्दै पशुबली नदिने प्रतिबद्धता जनाएपनि केही समुहले भने धार्मिक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको भन्दै विरोध जनाएका छन् । सो कानुनले श्रीलंकाको एक तिहाई जनसंख्या रहेको ईस्लाम धर्मावलम्बीलाई भने पशुबलीका लागि छुट दिएको उल्लेख छ

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्