Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबार देशभर कहाँ-कहाँ के-के भयो ? (हेर्नुस् ११तस्विर)

फोहोर व्यवस्थापन गुरुयोजना निर्माणका लागि बिहीबार भरतपुरमा सम्झौतामा हस्ताक्षरपछि कोरियाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनका अध्यक्ष सियो जु वन र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । तस्वीर : नारायण अधिकारी, चितवन,
भक्तपुर खरिपाटीस्थित मदन भण्डारी एसियाली विद्यालयमा प्रशिक्षण दिँदै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल । तस्विर : रमेश गिरी, भक्तपुर,
जिल्ला प्रशासन कार्यालय मुगुको अग्रसरतमा राष्ट्रिय राजमार्गसँग जोडिएको मैतुडाँडा र ताल्चा विमानस्थल जाने पाँच महिनादेखि अवरुद्ध सडक खुलाईँदै । तस्वीर : शुरबहादुर सिंह, जुम्ला,
हरितालिका तीजको अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका–२, भुमर्सेमा गोरखाली युवा क्लबको आयोजना र बन्दीपुर गाउँपालिकाको सहयोगमा भएको भलिबल प्रतियोगिता । तस्वीर : कृष्ण न्यौपाने, दमौली, रासस
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रतिनिधिसभाको बिहीबार बसेको बैठक अवरुद्ध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद । तस्वीर : रत्न श्रेष्ठ, रासस
पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीका कृषक क्षेत्रबहादुर क्षेत्रीको बारीमा लटरम्म फलेका किबी फल । क्षेत्रीले दश रोपनी क्षेत्रफलमा गरेको व्यावसायिक किबी खेतीवाट बार्षिक तीन लाख भन्दा बढि आम्दानी गर्दै आउनुभएको छ । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत
फाकफोकथुम गाउँपालिका–२ साप्तिनमा रहेको मिलमा तोरी पेल्दै । तस्विर : गोविन्द लामिछाने, इलाम,
इलामको एकतप्पामा विक्रीका लागि राखिएको अदुवा । यसपटक अदुवाबाट किसानले राम्रो आम्दानी गरेका छन । तस्वीर : गोविन्द लामिछाने/इलाम
बुधबार राती कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेको क्षेत्र । बाढीले नदी नियन्त्रणकालागि बनाइएको पक्की पर्खाल समेत बगाएपछि बेनी बजार जोखिममा परेको छ । तस्बिर : कमल खत्री, बेनी,
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही विकास कोषका लागि अध्यक्ष प्रेम आलेलाई रु ५० हजार हस्तान्तरण गर्नुहुँदै । श्रेष्ठ ले सांसद भएदेखि प्रत्येक महिनाको तलब विभिन्न संघसंस्थालाई वितरण गर्दै आउनुभएको छ । तस्बिर : कृष्ण न्यौपाने, दमौली
दमौलीबाट मुग्लिङ–नारायणगढ सडक खण्डको घुमाउनेमा पुग्ने बुद्धसिं मार्ग । मुग्लिङ–नारायणगढ सडकखण्डको विकल्पको रुपमा रहेको यस मार्ग बजेट अभावमा प्रभावित बनेको छ । तस्बिर : कृष्ण न्यौपाने, दमौली,

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्