Logo
४ बैशाख २०८१, मंगलबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलको पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन सार्वजनिक

एजेन्सी : एप्पलले पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मध्ये दुईवटामा भने डबल सिम लाग्नेछ । डबल सिम लाग्नेमा आइफोन एक्सएस र एक्सएस म्याक्स रहेका छन् । यस्तै, तेस्रो आइफोन अक्सआर ले एउटा सिममात्र सपोर्ट गर्नेछ ।

आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ । यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ । एप्पल वाचको चौथो सिरिजमा निकै ठूलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर दिएको छ । यसमा ३० सेकेन्डभित्र इसिजी गर्न सकिन्छ ।

एप्पलका सिइओ टिम कुकले कार्यक्रमको कि–नोटको सुरुवात गरे । उनका अनुसार यतिबेला संसारमा दुई अर्ब आइओएस डिभाइस छ, जसले जीवनशैली परिवर्तन गरेको छ । उनले फायर, वाटर र वेपर फेस डिस्प्लेसहित एप्पत वाचका तीन भेरियन्ट पेश गरे । वाचको डिजिटल क्राउनलाई पूर्ण रुपमा पुनः डिजाइन गरिएको छ । स्पिकर पहिलेको भन्दा ५० प्रतिशत लाउड बनाइएको छ ता कि फोन कलमा पनि राम्रो आवाज सुनियोस् ।

नयाँ एप्पल वाच लगाउनेहरुको चाल पनि डिटेक्ट गर्नेछ । इमर्जेन्सी वा दुर्घटना हुँदा यसले आफन्तलाई आफै एसओएस मेसेज पठाउनेछ । सिरिज–थ्रीको तुलनामा यसमा ३५ प्रतिशत ठूलो डिस्प्ले दिइएको छ र यसको क्षमतामा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक वाचमा मुटुको गती मापन गर्नुका साथै इसिजीको विशेषता पनि दिइएको छ । यसको मद्दतले जता पनि ३० सेकेन्डभित्र मुटुको इसिजी लिन सकिने जसलाई एपमा देख्न सकिनेछ ।

एप्पलका सिइओका अनुसार एक्सएस म्याक्स ६.५ इन्चको रेटिना डिस्प्ले भएकमो अहिलेसम्मको सबैभन्दा ठूलो आइफोन हो । यो कुनै पनि स्मार्टफोनको तुलनामा सबैभन्दा सुरक्षित फेस आइडी डिटेक्शन हुनेछ ।

यी दुई नयाँ आइफोन न्यूरल इन्जिन, फोर–कोर जिपियु र सिक्स–कोर सिपियु प्रविधीमा आधारित हुनेछ जसका कारण यी पहिलेको भन्दा निकै तेज हुनेछन् र कम इनर्जीमा नै चल्नेछन् । यी दुई फोन ५ ट्रिलियन अपरेशन प्रति सेकेन्ड हुने दाबी गरिएको छ । यसमा ५१२ जीबीको अधिकतम स्टोरेज हुनेछ अर्थात् यसमा दुई लाख फोटो सेभ गर्न सकिनेछ ।

एप्पलले तेस्रो नयाँ फोन आइफोन एक्सआर पनि लञ्च गर्यो । यसमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यो धुलो र पानीबाट सुरक्षित हुनेछ । यसमा होम बटन हुनेछैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर दिइएको छ । यसमा सिंगल रियर क्यामरा दिइएको छ । यसमा एडभान्स द्ययपभज टेक्नोलोजीका साथ १२ एमपीको सिंगल क्यामरा हुनेछ । यसको ब्याट्रि लाइफ डेढ घण्टा बढी हुनेछ ।

एप्पलले आइफोन एक्सआर म्याक्सको मूल्य १०९९ डलर, आइफोन एक्सएसको ९९९ डलर र आइफोन एक्सआरको ७४९ डलर तोकेको छ । यस्तै, एप्पलले आइफोन सेभेन र आइफोन एट को मूल्य घटाएको छ । यसको नयाँ मूल्य क्रमशः ४४९ डलर र ५५९ डलर तोकेको छ ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्