Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत बिहारका एक व्यवसायीले सुनसरीबाट नेपाली नागरिकता लिएको खुलासा

सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा गैर नेपालीलाई नागरिकता दिइएको खुलासा भएको छ । हरिनगर गाउँपालिका ३ का वडाअध्यक्ष अरविन्दकुमार मेहेता आर्थिक प्रलोभनमा परी भारतिय नागरिक सन्तोष कुमार साहले २०७५ जेठ २३ गते इलाका प्रशासन कार्यालय हरिनगराबाट नेपाली नागरिकता लिएका हुन् । नागरिकता लिने साह भारत बिहार राज्यको अररिया जिल्लाको फुलकाहाका नागरिक हुन । उनको भारतिय निर्वाचन आयोगको परिचय पत्र समेत छ ।

हरिनगर गाउँपालिका ३ नं वडाको ठेगानाबाट नेपाली नागरिकता प्रमाणपत्र लिएका र उनलाई नागरिकता बनाउन सिफारिस गर्ने व्यक्ति समेत भारतीय नागरिक हुन । सिफारिस गर्नेमा कारी साहका छोरा उदयचन्द्र साह हुन । साहले पनि २०६३ सालमा साविकको पश्चिमकुशाहा गाविसबाट टोलीमार्फत नागरिकता लिएका थिए । यस्तै उदयचन्द्र साहको भारतीय नागरिक समेत रहेका छोरा गुरुदयाल साहका नामबाट सन्तोषकुमार साहले नागरिकता लिएका हुन ।

वडाअध्यक्ष अरविन्दकुमार मेहताले भने आफुले बावु छोरा उदयचन्द्र र सन्तोष भन्ने गुरुदयाल साहलाई चिनेको हुँदा उनीहरुले बसाईसराई गरी हरिनगर ३ मा आएको कागजपत्र, जग्गाधनी प्रमाणपुर्जा, जन्मदर्ता, बंशजको नेपाली नागरिकता लगायतका कागजका आधारमा नेपाली नागरिकताका लागि सिफारिस गरेको बताए । गैर नेपालीले नागरिकता लिएको भन्दै हरिनगरा ३ गौतमपुरका विरेन्द्रकुमार भगतले जिल्ला प्रशासन कार्यालय सुनसरीमा दिएको उजुरी पछि घटना बाहिरिएको हो । साह इटहरीका साईकल व्यवसायी हुन ।

गैर नागरिकलाई नागरिकता दिएको बिषयमा हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले वडाध्यक्षले लिगल हिसाबले सिफारिस दिएको बताए । सिफरिस लिन आउदा साहको बुवाको वशंजको नागरिकता, धनिपुर्जा र भोटर आईडी समेत नेपाली रहेको बताए । ‘साहको २०४८ को जन्मदर्ता लगायतका आधारमा वडाध्यक्षले सिफारिस दिएका हुन’ उनले भने ‘तर साहको भारतिय रासन कार्ड र भोटर आईडी रहेको देखियो’ । अन्सारीले सिफारिस दिएको बिषयमा गाँउपालिकाको तर्फबाट अनुसन्धान गर्ने जानकारी दिए ।

वडाअध्यक्षले आर्थिक प्रलोभनमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको भन्दै कारवाहीका लागि सुनसरी प्रशासनमा उजुरी परेको छ । साविकको गौतमपुर गाविस हाल हरिनगर गाउँपालिका ३ नं वडाको ठेगानाबाट नेपाली नागरिकता प्रमाणपत्र लिएका र उनलाई नागरिकता बनाउन सिफारिस गर्ने व्यक्ति समेत भारतीय नागरिक भएकाले उनीहरुलाई समेत कारवाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको हो ।

हरिनगर ३ गौतमपुरका विरेन्द्रकुमार भगतले दिएको उजुरीमा वडाअध्यक्ष अरविन्दकुमार मेहताले रकम लिएर गैह् नेपालीलाई नागरिकताको सिफारिस र सर्जमिन गराएको भन्दै नागरिकता लिने भारत बिहार राज्य नरपतगञ्ज अञ्चल अररिया जिल्ला भंगली थाना फुलकाहाका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहले २०७५ जेठ २३ गते इलाका प्रशासन कार्यालय हरिनगराबाट नेपाली नागरिकता लिएकाले कानुनी कारवाहीको माग गरेका छन ।

उनलाई नागरिकता दिलाउनका लागी भारतीय नागरिकसमेत रहेका उनकै छिमेकी कारी साहका छोरा उदयचन्द्र साहले समेत २०६३ सालमा साविकको पश्चिमकुशाहा गाविसबाट टोलीमार्फत नागरिकता लिएका थिए । उदयचन्द्र साहको भारतीय नागरिकसमेत रहेका छोरा गुरुदयाल साहका नामबाट सन्तोषकुमार साहले नागरिकता लिएका हुन । सन्तोषका पिता सुरेन्द्रप्रसाद साह भने उनकै मुलुक भारतमा रहेका छन । सुनसरी हाल नेपाली नागरिकता लिएका उदयचन्द्र र उनले छोरा बनाएर नागरिकता दिलाएका सन्तोष मात्र बस्ने गरेका छन ।
उनी सवै जनाको भारत सरकारले जारी गरेको विभिन्न खाले परिचयपत्रहरु रहेको छ ।

सन्तोषकुमारको नाममा भारत सरकारले जारी गरेको आइडी कार्डमा एसपिजे ०१५०८८८ रहेको छ भने उदयचन्द्रको नाममा भारत सरकारले जारी गरेको कार्डमा एमएफभी ५६०१३६४ नम्बर रहेको छ । रकम लिएर भारतीय नागरिक हुन भन्ने जानकारी भएका वडाअध्यक्ष अरविन्दकुमार मेहता र सर्जमिनमा बस्ने सवैजनालाई जानी जानी नेपाली नागरिकता बनाउन सिफारिस गरेकाले उनलाई नागरिकता ऐन २०६३ अनुसार झुठ्ठा विवरण पेश गरेको हुदाँ नागरिकता वदर गरी कारवाही गर्न उजुरीकर्ता विरेन्द्रकुमार भगतले माग गरेका छन ।

वडाअध्यक्ष अरविन्दकुमार मेहताले भने आफुले बावु छोरा उदयचन्द्र र सन्तोष भन्ने गुरुदयाल साहलाई चिनेको हुँदा उनीहरुले बसाईसराई गरी हरिनगर ३ मा आएको कागजपत्र, जग्गाधनी प्रमाणपुर्जा, जन्मदर्ता, बंशजको नेपाली नागरिकतालगायतका कागजका आधारमा नेपाली नागरिकताका लागि सिफारिस गरेको बताए । विपक्षी दलमा आस्था राख्ने व्यक्तिहरुले आफूलाई फसाउनका लागि झुठ्ठा उजुरी दिएर बदनाम गराउने खोजेको दावी गर्दै वडाअध्यक्ष मेहताले गुरुदयाल साह भन्ने ब्यक्ति हाल इटहरीमा १० वर्षदेखि साइकल पसल खोलेर बसेकाले उनी नेपाली भएको बताए ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्