Logo
१२ बैशाख २०८१, बुधबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाेटीको जोरायल गाउँपालिकामा बस दुर्घटना, २४ यात्रु घाइते

डाेटीको जोरायल गाउँपालिका-२, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हाे ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार, बसमा कति यात्रु थिए भन्ने नखुले पनि २४ यात्रु घाइते भएका छन् । तीमध्ये ६ को अवस्था गम्भीर छ ।

उनीहरुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको जानकारी प्रहरी नायब उपरीक्षक धामीले दिए । सडकबाट ६० मिटर तल खसेको बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्